विषालु च्याउ खाँदा एकै परिवारका तीन जना विरामी

Author

सजिलो पत्रिका

२०८२ असार १३, शुक्रबार

55
Share
Featured
  • गुल्मीको मुसिकोट–४ मा विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परे।
  • जङ्गलबाट ल्याइएको च्याउ खाएपछि टाउको दुखाइ, रिङ्गाटा र बान्ता हुने लक्षण देखिए।
  • बिरामीहरूलाई पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि पठाइएको र अवस्था खतरामुक्त रहेको छ।
समाचार सारांशGenerated using AI.

गुल्मी ।

विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । बिरामी पर्नेहरुमा मुसिकोट नगरपालिका, गुल्मी–४ दिगामचौरका ६८ वर्षीया फूलमाया कुमाल, ७६ वर्षीय थम्मनबहादुर कुमाल र ३६ वर्षीया गीता कुमाल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए। 

बिहीबार जङ्गलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएपछि गए रातिनै उनीहरुलाई टाउको दुख्ने, रिङ्गाटा लाग्ने र बान्ता हुनेजस्ता लक्षण देखिएको थियो । बिरामी भएका तीनै जनालाई गए राति उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको थियो । 

घटनाको जानकारी पाउनासाथ गए रातिनै इन्द्रगौडा प्रहरी पोष्टबाट प्रहरी हवल्दार कृष्णमोहन केवटको नेतृत्वमा खटिएको प्रहरी टोलीले तीनै जनालाई उपचारका लागि तत्कालै पाल्पा पठाएको थियो । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । 

यो समाचारमा

मुसिकोट नगरपालिका, गुल्मीगुल्मी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    खजुराको गाउँ-गाउँमा ज्येष्ठ नागरिक र सुत्केरीका लागि घरमै स्वास्थ्य उपचार र निःशुल्क एम्बुलेन्स

    बाँके । खजुरा गाउँपालिका-५ उढरापुर निवासी ७५ वर्षीया दिलकुमारी रेग्मीका लागि सामान्य स्वास्थ्य परीक्षण गराउन पनि अस्पतालसम्म पुग्नु सहज थिएन । उमेरसँगै कमजोर हुँदै गएको शारीरिक अवस्थाका कारण उनलाई घर बाहिर निस्कनै कठिन थियो । तर, जब स्वास्थ्यकर्मीको टोली घरमै पुगेर स्वास्थ्य परीक्षण गर्‍यो, उनले सरकार आफ्नै आँगनमा आएको अनुभूति

    Data is loading...

    Loading brands...

    Loading footer...