बर्खायाममा पनि उदिपुरको पहिरोको डर हट्यो, निर्धक्क यात्रा गर्दै लमजुङ र मनाङवासी

Author

सजिलो पत्रिका

२०८३ असार २८, आइतबार

10
Share
Featured

लमजुङ । संघीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे-बेँसीसहर सडकअन्तर्गत उदिपुरमा पहिरो नियन्त्रणका संरचना बनेपछि बर्खायाममा पनि सवारी आवागमन सहज भएको छ ।

डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार मर्स्याङ्दी नदीमा माइक्रो पाइल, नदी किनारमा संरक्षण पर्खाल, ४५ मिटर अग्लो र ८० मिटर लामो ग्याबिन जाली, ३०० मिटर सडक कालोपत्र तथा सडकमाथिको पहिरो क्षेत्रमा नेलिङलगायतका संरचना निर्माण भएको छ ।

बेँसीसहरका बाबुलाल श्रेष्ठ पहिरो नियन्त्रणपछि उदिपुर क्षेत्रमा यात्रा सुरक्षित र सहज बनेको बताउँछन् । ‘गत वर्ष बर्खामा पटकपटक समस्या झेल्नु परेको थियो । कतिबेला माथिबाट ढुंगा खस्छ भन्ने डर हुन्थ्यो । अहिले भने निर्धक्क भएर यात्रा गर्न सकिन्छ । सडक राम्रो भएको छ, पहिरोको त्रास पनि छैन,’ उनले भने ।

उक्त सडकमा नियमित रुपमा सवारी सञ्चालन गर्दै आएका नारायण घिमिरे पनि उदिपुर क्षेत्रमा निर्भयका साथ गाडी चलाउन पाएकामा खुसी छन् । उदिपुर क्षेत्रमा पहिरो नियन्त्रण नहुँदा हरेकदिनजसो सवारीसाधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाने गर्दथे ।

डुम्रे-बेँसीसहर सडक लमजुङ मात्र नभई मनाङलाई पनि जोड्ने मुख्य मार्ग हो । यही सडकले अन्नपूर्ण चक्रीय पदमार्गलाई जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...