बाँके मल अपडेट : ७ हजार ६५४ मेट्रिक टन रासायनिक मल वितरण, अझै आउने क्रम जारी

Author

सजिलो पत्रिका

२०८३ असार २६, शुक्रबार १२:३५

16
Share
Featured

बाँके । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा कोटा प्रणालीअनुसार अहिलेसम्म सात हजार ६५४.७ मेट्रिक टन रासायनिक मल वितरण गरिएको छ ।

वितरण गरिएका रासायनिक मलमध्ये सबैभन्दा बढी युरिया चार हजार ८१९.६ मेट्रिक टन, डिएपी दुई हजार ६२८.४५० मेट्रिक टन र पोटास २०६.६५० मेट्रिक टन रहेको कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगन्जले जनाएको छ ।

कम्पनीमा अझै पनि ३५६.१०० मेट्रिक टन युरिया, १०५.६५० मेट्रिक टन डिएपी र १४.८३० मेट्रिक टन पोटास मौज्दात रहेको कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगन्जका प्रमुख पुष्पराज श्रेष्ठले जानकारी दिए ।

बाँकेमा सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिका र सबैभन्दा कम कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकामा रासायनिक मलको माग कम रहेको उनले बताए ।

किसानले युरिया रासायनिक मल खेतीमा प्रयोग गर्ने बेला नभएपनि पछि नपाउने डरले सबैभन्दा बढी माग युरियाको गरेको जानकारी दिँदै प्रमुख श्रेष्ठले रासायनिक मल आउने क्रम जारी रहेको र वितरण कार्य पनि भइरहेको उल्लेख गरे ।

‘धानको रोपाइँ सकिएको करिब २५ दिनमा युरिया छर्ने हो तर किसानले पछि नपाइने हो कि भनेर माग गरिरहनुभएको छ,’ उनले भने । साउनभर रासायनिक मलको वितरण हुने जानकारी दिँदै प्रमुख श्रेष्ठले गत वर्षभन्दा सहज ढंगले मलको आपूर्ति हुने किसानलाई विश्वास दिलाए ।

उनले यस वर्ष धान रोपाइँको सिजनमा भदौसम्मका लागि अझै पनि चार हजार मेट्रिक टन युरिया, दुई हजार ५०० मेट्रिक टन डिएपी र केही मेट्रिक टन पोटास रासायनिक मलको माग भएको जानकारी दिए ।

आठ स्थानीय तहको जिल्लाका सबै पालिकामा कृषि सहकारीमार्फत रासायनिक मलको वितरण भइरहेको छ । अहिले जिल्लाका केही स्थानमा रोपाइँ सकिएको छ भने केहीमा रोपाइँ नभएको राप्तीसोनारी गाउँपालिका-४  धामपुरका किशोर रत्गैया थारुले बताए ।

४४ प्रतिशत रोपाइँ

बाँकेमा अहिलेसम्म ४४ प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

ज्ञान केन्द्रले आज सार्वजनकि सूचना जारी गर्दै ३३ हजार ७८० हेक्टर क्षेत्रफलमध्ये १४ हजार ८६३.२ क्षेत्रफल जमिनमा धान रोपाइँ भएको उल्लेख गरेको छ ।

जिल्लाको सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिकामा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सुजिता शर्माले जानकारी दिए । २०७८ सालमा भएको कृषि गणनाअनुसार बाँकेमा ६७ हजार ८८५ कृषक रहेका छन् ।

यो समाचारमा

कोहलपुर नगरपालिकाकोहलपुर नगरपालिका

ट्यागहरू

#कोहलपुर नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

    काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट १० कृतिको अन्तिम सूची सार्वजनिक गरेको छ। गुठीले प्राप्त २९८ पुस्तकमध्येबाट छनोट गरिएका यी कृतिमध्ये एकलाई वर्ष २०८२ को प्रतिष्ठित मदन पुरस्कार प्रदान गरिने जनाएको छ। अन्तिम सूचीमा परेका कृतिहरूमा पाँचवटा उपन्यास छन्। यसैगरी एउटा कथासंग्रह र एउटा कवितासंग्रह छन्।

    sajilo patrika

    धनुषामा ट्राफिक कारबाहीबाट १ करोड १४ लाख राजस्व संकलन

    निकुञ्जभित्र च्याउ टिप्न गएका सबै महिलाहरु आए सम्पर्कमा

    आज पनि स-साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम

    भक्तपुरको गेष्ट हाउसमा १८ वर्षीया किशोरीको शंकास्पद मृत्यु

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू