३१९ किलो चरेससहित ट्रक र चालक प्रहरी नियन्त्रणमा

Author

सजिलो पत्रिका

२०८२ असार १२, बिहिबार

34
Share1
Featured

विशेष सूचनाको आधारमा पर्साको प्रहरी चौकी सिर्सियाबाट खटिएको टोलीले परवानीपुर चोकबाट ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको हो । एसपी मिश्रका अनुसार, चरेस ट्रकको पछाडि सामान बोक्ने भागमा प्लास्टिकमा पोका पारेर राखेका थिए । 

समाचार सारांशGenerated using AI.

काठमाडौँ। प्रहरीले ३१९ किलो चरेससहित पक्राउ परेका युवालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ परेका युवा मकवानपुरको थाहा नगरपालिका–१२ का ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई बिहीबार सार्वजनिक गरेको हो । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार, काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको प्रदेश २–०३ –००१ ख ६३४८ नम्बरको मालवाहक ट्रकमा लागुऔषध चरेस राखिएको थियो ।

विशेष सूचनाको आधारमा पर्साको प्रहरी चौकी सिर्सियाबाट खटिएको टोलीले परवानीपुर चोकबाट ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको हो । एसपी मिश्रका अनुसार, चरेस ट्रकको पछाडि सामान बोक्ने भागमा प्लास्टिकमा पोका पारेर राखेका थिए ।  प्रहरीले ट्रकलाईसमेत नियन्त्रणमा राखेको छ ।

 ट्रक चालकको साथबाट प्रहरीले एक लाख ९२ हजार रुपैयाँसमेत बरामद गरेको छ । उक्त चरेस नेपाल हुँदै भारततर्फ लैजाने तयारी गरेको खुलेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उक्त चरेस धादिङबाट लोड भएको खुलेको हो । पक्राउ परेका बुद्धिबहादुरले प्रहरीसितको प्रारम्भिक बयानमा चरेस धादिङबाट लोड गरेर भारत लैजाने योजना रहेको बताएका छन् ।  प्रहरीले चालकको भन्दा पनि चरेस तस्करीमा अन्य व्यक्तिको संलग्नता हुनसक्ने आशंका गरेको छ । चालक बुद्धिबहादुरको भूमिकाबारे अनुसन्धान थालिएको छ । 

 

यो समाचारमा

काठमाडौँमकवानपुरधादिङथाहा नगरपालिका
भारत4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...