बलात्कार आरोपमा तीन जिल्लाबाट तीन जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ असार १२, बिहिबार

92
Share1
Featured
  • कैलाली, सुर्खेत र बारामा बलात्कारको आरोपमा तीन जना पुरुष पक्राउ।
  • पीडितमा १३ र १५ वर्षीया बालिका तथा ५३ वर्षीया महिला रहेका छन्।
  • पीडितका उजुरीका आधारमा पक्राउ गरी तीनैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

तीन फरक जिल्ला, कैलाली, सुर्खेतबारामा बलात्कारको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूले १३ र १५ वर्षीया बालिका तथा एक ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोप छ।

कैलालीको कैलारी गाउँपालिका-८ मा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २३ वर्षीय लक्ष्मण बहादुर साउदलाई प्रहरीले बुधबार पक्राउ गरेको छ। पीडित पक्षको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हसुलियाको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

त्यस्तै, सुर्खेतको बीरेन्द्रनगर नगरपालिका-५ मा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १९ वर्षीय अरूण परियार बुधबार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनलाई पीडितको उजुरीको आधारमा नियन्त्रणमा लिएको हो।

बाराको फेटा गाउँपालिका-३ मा ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले २२ वर्षीय कृष्णा साह तुरहालाई बिहीबार बिहान पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरीले उजुरीका आधारमा उनलाई पक्राउ गरेको हो। प्रहरीले पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ।

यो समाचारमा

काठमाडौँकैलालीफेटा गाउँपालिकाकैलारी गाउँपालिका
सुर्खेत5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    Data is loading...

    Loading brands...

    Loading footer...