विकास आयोजनामा ढिलासुस्ती स्वीकार्य छैन : मुख्यमन्त्री पाण्डे

Author

सजिलो पत्रिका

२०८३ असार २९, सोमबार १६:२२

9
Share
Featured

  • गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विकास आयोजना समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्।
  • भानु-बन्दीपुर जोड्ने चुँदी खोलाको पुल निर्धारित समयभन्दा करिब ७ महिना अगाडि निर्माण सम्पन्न भएको छ।
  • पुल सञ्चालनपछि स्थानीयको आवागमन सहज हुने र समयमै गुणस्तरीय निर्माण सम्भव भएको सन्देश दिएको बताइएको छ।
समाचार सारांशGenerated using AI.

तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विकास आयोजना समयमै सम्पन्न गर्नुपर्ने बताएका छन् ।

भानु नगरपालिका-१ र बन्दीपुर गाउँपालिका-४ जोड्ने चुँदी खोलामाथि निर्माण सम्पन्न भएको पुलको सोमबार उद्घाटन गर्दै उनले विकास आयोजनामा ढिलासुस्ती स्वीकार्य नहुने बताए ।

प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय, तनहुँमार्फत निर्माण सम्पन्न भएको उक्त पुल निर्धारित समयभन्दा करिब ७ महिना अगाडि सम्पन्न हुनु विकास निर्माणको क्षेत्रमा सकारात्मक सन्देश भएको बताए ।

‘यो पुल गुणस्तरीय र समयमै विकास आयोजना सम्पन्न गर्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरण बनेको छ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘योजना निर्माणमा सबै पक्षको समन्वय र प्रतिबद्धता भए तोकिएको समयअघि नै काम सम्पन्न गर्न सम्भव हुन्छ ।’

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले  पुल निर्माण पछि यहाँका जनताको आवागमनमा सुविधा पुग्ने बताए । 

यो समाचारमा

गण्डकी प्रदेशभानु नगरपालिका

ट्यागहरू

#भानु नगरपालिका#गण्डकी प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाँकेमा १३ करोड ६१ लाखका सामान बरामद

    काठमाडौं । बाँकेको जमुनाह नाकाबाट सशस्त्र प्रहरी बलले गत आर्थिक वर्षमा रु. १३ करोड ६१ लाख ३१ हजार ६९८ बराबरका अवैध रूपमा नेपाल भित्र्याइएका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल ३० नं, गण बागेश्वरी हेडक्वार्टर, बाँकेका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टका अनुसार आर्थिक वर्ष २०८२/०८३

    sajilo patrika

    झापामा स्कार्पियो र सिटी सफारी ठोक्किँदा एक महिलाको मृत्यु, फरार चालक पक्राउ

    सेयर बजारमा ४१ अंकको वृद्धि, ५ अर्ब ५१ करोडमाथिको कारोबार

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    अवैध व्यापारिक गतिविधि गर्नेलाई सरकारको कडा चेतावनी, बजार अनुगमन तीव्र पारिने

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू