नेप्से ३० अंकले घट्यो, ७ अर्ब ४६ करोडको कारोबार

Author

सजिलो पत्रिका

२०८३ असार २९, सोमबार

3
Share
Featured

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उल्लेख्य अंकले घट्दै करिब आठ महिनायताकै न्यून स्तरमा पुगेको छ। बजार ३०.६० अंकले ओरालो लागेर २,५७०.७१ विन्दुमा बन्द भएको हो । यो स्तर गत मंसिर ४ पछिकै सबैभन्दा कम हो ।

परिसूचकमा तीव्र गिरावट आए पनि लगानीकर्ताको सक्रियता भने बढेको देखिएको छ। अघिल्लो कारोबार दिन ६ अर्ब ८६ करोड रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार कारोबार रकम बढेर ७ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ। यो वैशाख ९ यताकै उच्च दैनिक कारोबार हो ।

कारोबार अवधिभर बजारमा बिक्री दबाब हावी रहँदा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। सोमबार २२ कम्पनीको सेयर मूल्य बढ्दा २४९ कम्पनीको मूल्य घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ। सबै उपसूचक राताम्मे बनेका छन् ।

क्षेत्रगत रूपमा व्यापार समूहमा सबैभन्दा ठूलो गिरावट देखिएको छ। यो समूह २.३० प्रतिशतले घट्दा होटल तथा पर्यटन १.९९ प्रतिशत, जलविद्युत १.९८ प्रतिशत, उत्पादन तथा प्रशोधन १.३६ प्रतिशत, वित्त १.३२ प्रतिशत, जीवन बीमा १.०७ प्रतिशत, लगानी ०.८८ प्रतिशत, लघुवित्त ०.८७ प्रतिशत, विकास बैंक ०.८३ प्रतिशत, अन्य ०.८५ प्रतिशत, निर्जीवन बीमा ०.७५ प्रतिशत तथा बैंकिङ समूह ०.६८ प्रतिशतले ओरालो लागेको छ।

व्यक्तिगत कम्पनीतर्फ सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.३७ प्रतिशतले वृद्धि हुँदा आत्मनिर्भर लघुवित्तको मूल्य ५ प्रतिशतले उकालो लागेको छ। यता, उपकार लघुवित्तको सेयर मूल्य ११.२८ प्रतिशतले घट्दै सबैभन्दा धेरै गुमाउने कम्पनी बनेको छ।

हाइड्रोपावर कम्पनीहरूमा पनि उल्लेख्य गिरावट देखिएको छ । बुद्धभूमि हाइड्रोपावरको सेयर मूल्य ७.४७ प्रतिशत, दिव्यश्वरी हाइड्रोपावरको ६.५१ प्रतिशत, हिमस्टार ऊर्जाको ६.४२ प्रतिशत र टक्सार पिखुवाखोला हाइड्रोपावरको ६.२४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा भने सोमबार ऋणपत्र (डिबेन्चर) हरू अग्रस्थानमा रहेका छन्, जसले बजारमा संस्थागत लगानीकर्ताको सक्रियता बढेको संकेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...