गभर्नर पौडेलसँग १४ करोडको सेयरमात्रै , यस्तो छ कुल सम्पत्ति विवरण ?

Author

सजिलो पत्रिका

२०८२ असार ११, बुधबार

28
Share
Featured

सेयरतर्फ पौडेलको नाममा सानिमा बैंकको दुई करोड ४४ लाख १६ हजार ६०० बराबरको दुई लाख ४४ हजार १७६ कित्ता प्रवर्द्धक सेयर रहेको छ । सानिमा माइ हाइड्रोपावरको ९२ लाख ५७ हजार ९०० रुपैयाँ बराबरको ९२ हजार ५७९ कित्ता सेयर, सानिमा मिडल तमोर हाइड्रोपावको एक करोड ८८ लाख बराबरको एक लाख ८८ हजार कित्ता सेयर रहेको छ । 

९३ लाख ४१ हजार ७०० रुपैयाँ बराबरको एक लाख ८६ हजार ८३४ कित्ता सेयर ग्लोबेको प्रा.लि.को रहेको छ । संयुक्त ऊर्जा हाइड्रोपावरको पाँच करोड रुपैयाँ बराबरको पाँच लाख कित्ता र चितवन इनर्जीको दुई करोड ५० लाख रुपैयाँ बराबरको दुई लाख ५० हजार कित्ता सेयर पौडेलको नाममा रहेको छ ।

समाचार सारांशGenerated using AI.

काठमाडौँनेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त भएसँगै उनले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

पौडेलले अचल सम्पत्ति ललितपुरको सैंबुमा र नवलपरासीको गैंडाकोटमा घर देखाएका छन् । दुवै घर उनको श्रीमती प्रतिभा शर्माको नाममा छ । सैंबुमा एक करोड ५५ लाखको जग्गा र गैंडाकोटमा ६० लाखको जग्गा देखाएका छन् । घर र जग्गा पैतृक र स्वआर्जन भनेका छन् ।

चल सम्पत्तिमा ४५ तोला सुन र १५ लाख हिराको गहना देखाएका छन् । सुन पैतृक र हिरा स्वआर्जन भनेका छन् ।

सानिमा बैंकमा १३ लाख २३ हजार १९२ रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा दुई लाख ५९ हजार ३४४ रुपैयाँ, सानिमा बैंकको डलर खातामा ६६.७८ डलर पौडेलको नाममा रहेको छ । 

सानिमा बैंकमा १२ हजार ५४७ रुपैयाँ, प्रभु बैंकमा चार लाख ७३ हजार ८२२, सानिमा बैंकको डलर खातामा चार हजार ४४६ डलर उनको श्रीमती शर्माको नाममा रहेको उल्लेख गरेका छन् । बैंक खातामा रहेको सबै रकम स्वआर्जन भनिएको छ ।

सेयरतर्फ पौडेलको नाममा सानिमा बैंकको दुई करोड ४४ लाख १६ हजार ६०० बराबरको दुई लाख ४४ हजार १७६ कित्ता प्रवर्द्धक सेयर रहेको छ । सानिमा माइ हाइड्रोपावरको ९२ लाख ५७ हजार ९०० रुपैयाँ बराबरको ९२ हजार ५७९ कित्ता सेयर, सानिमा मिडल तमोर हाइड्रोपावको एक करोड ८८ लाख बराबरको एक लाख ८८ हजार कित्ता सेयर रहेको छ । 

९३ लाख ४१ हजार ७०० रुपैयाँ बराबरको एक लाख ८६ हजार ८३४ कित्ता सेयर ग्लोबेको प्रा.लि.को रहेको छ । संयुक्त ऊर्जा हाइड्रोपावरको पाँच करोड रुपैयाँ बराबरको पाँच लाख कित्ता र चितवन इनर्जीको दुई करोड ५० लाख रुपैयाँ बराबरको दुई लाख ५० हजार कित्ता सेयर पौडेलको नाममा रहेको छ ।

उनले श्रीमती शर्माको नाममा ग्लोबेको प्रा.लि.मा ३७ लाख ५० हजार रुपैयाँको ७५ हजार कित्ता सेयर रहेको विवरण पेस गरेका छन् ।

उनले कसैबाट ऋण लिएका छैनन् । श्रीमती शर्माको नाममा सुजुकी कार रहेको विवरणमा देखाएका छन् । कारको खरिद मूल्य ४४ लाख रुपैयाँ छ । 

यो समाचारमा

काठमाडौँडा. विश्वनाथ पौडेलनेपाल राष्ट्र बैंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...