गृहमन्त्रीमाथि स्वर्णिमको गम्भीर आरोप: लुट र मानव तस्करीमा संरक्षण

Author

सजिलो पत्रिका

२०८२ असार १०, मङ्गलबार

33
Share
Featured
  • सांसद डा. स्वर्णिम वाग्लेले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको प्रत्यक्ष संरक्षण रहेको आरोप लगाए।
  • उनले गृहमन्त्रीका निकटका व्यक्तिले अनुसन्धान गर्दा निष्पक्षता नहुने भन्दै आपत्ति जनाए।
  • वाग्लेले न्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्न माग गर्दै संगठनात्मक भ्रष्टाचार र मानव तस्करीको गम्भीर मुद्दा भएको बताए।
समाचार सारांशGenerated using AI.

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले आफूहरू संसदीय अभ्यासमा नयाँ भए पनि 'बेवकूफ' नभएको भन्दै सरकारमाथि कडा टिप्पणी गरेका छन्। मंगलबार संसदको आकस्मिक समयमा बोल्दै उनले  भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको परोक्ष संलग्नता र प्रत्यक्ष संरक्षण देखिएको आरोप लगाएका छन्।

वाग्लेले आरोपीले नै आफ्नो अनुसन्धान अधिकृत छान्न पाउने व्यवस्थामाथि प्रश्न उठाउँदै भने, "आरोपीले नै आफ्नो अनुसन्धानको अधिकृत छान्दै जाने? हामी कुन प्रणालीमा गयौं?" उनले गृहमन्त्रीका 'मर्निङवाक पार्टनर' तीर्थ भट्टराईले उनीमाथि कसरी निष्पक्ष अनुसन्धान गर्न सक्छन् भनी आशंका व्यक्त गरे।
संसदीय छानबिन समितिले नीतिगत प्रणालीगत सुधारमा गहिरो काम गर्न सकोस भन्ने माग रहेकाे बताए । सहकारीकै मोडल मा वा जाँचबुज आयोग ऐन २०२६ अन्तर्गत  बहालवाला वा पूर्वन्यायधिशको अध्यक्षतामा छानबिन समिति बन्नुपर्छ भन्ने आफूहरुको माग गरेको बताए । छानबिन समिति आफ्नो गोजीबाट मान्छे टिपेर ल्याउन नसकियोस भन्नका लागि यस्ताे प्रस्ताव गरेकाे बताए । अर्किड कोलनीमा मर्निङवाक गर्ने पाटनर तिर्थ भट्टराईले कसरी उनको विषयमा कसरी निष्पक्ष अनुसन्धान गर्छन् ? उनले प्रश्न गरे । 

यो विषय सामान्य नभई लुट, संगठित भ्रष्टाचार र मानव तस्करीसँग जोडिएको गम्भीर अपराध भएकाले गृहमन्त्री स्वयं सन्देहको घेरामा रहेको उनको दाबी थियो।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीरमेश लेखकस्वर्णिम वाग्ले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...