मुगुमा करेन्ट लागेर १० खच्चरको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ असार ०९, सोमबार

29
Share
Featured
  • मुगुको लुम्स गाउँमा राष्ट्रिय विद्युत लाइनको करेन्ट लागेर १० वटा खच्चर मरेका छन्।
  • मृत खच्चरहरू तीन स्थानीय व्यक्तिका थिए, जसमा कर्णबहादुर मल्लका ४, जक्ति बडुवालका ३ र पृथीबहादुर ऐडीका ३ खच्चर थिए।
  • यसअघि पनि करेन्ट लागेर भैंसी मर्ने घटना भएकोले स्थानीय त्रसित बनेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मुगुको छायाँनाथ रारा नगरपालिका-१२ स्थित लुम्स गाउँमा करेन्ट लागेर १० वटा खच्चर मरेका छन्। आइतबार राति करिब १० बजे राष्ट्रिय विद्युत प्रसारण लाइनको तारबाट करेन्ट प्रवाह हुँदा उक्त घटना भएको हो।

मुगुका प्रमुख जिल्ला अधिकारी विभाकर मिश्रले घटनाको पुष्टि गर्दै स्थानीय कर्णबहादुर मल्लका ४, जक्ति बडुवालका ३ र पृथीबहादुर ऐडीका ३ वटा खच्चर मरेको जानकारी दिए।

उक्त स्थानमा दुई दिनअघि शनिबार मात्रै करेन्ट लागेर एउटा भैंसी पनि मरेको थियो। पटक-पटक यस्तो घटना भएपछि स्थानीय त्रसित बनेका छन्।

यो समाचारमा

मुगुकाठमाडौँछायाँनाथ रारा नगरपालिका

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...