
काठमाडौँ।झापाको बिर्तामोड नगरपालिका–२, चारपानेस्थित ओमकार रेडिमेड कङ्क्रिट उद्योगमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–४ का २८ वर्षीय राजीव राजवंशी रहेका छन्।प्रहरीका अनुसार मिक्चर मेसिन सफा गर्ने क्रममा हिल्टी चलाउँदा विद्युत चुहावट भई उनलाई करेन्ट लागेको थियो। गम्भीर घाइते भएका राजवंशीको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा...