गृहमन्त्रीमाथि छानबिनको माग कायमै, रास्वपा र राप्रपाले सदन छाडे

Author

सजिलो पत्रिका

२०८२ असार ०६, शुक्रबार

51
Share
Featured
  • रास्वपा र राप्रपाका सांसदहरू सदनबाट बाहिरिए।
  • गृहमन्त्रीको राजीनामा र छानबिनको माग गर्दै विरोध जारी।
  • जेठ १३ देखि सदन अवरुद्ध, तर बैठक सञ्चालन भइरहेकै।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीराष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो विरोध कायमै राख्दै बैठकबाट बाहिर निस्किएका छन् । 

शुक्रबार बैठक सुरु हुने वित्तिकै रास्वपा र राप्रपाले विरोध जनाएका थिए तर सभामुखले विरोधका बाबजुत बैठक अगाडि बढाएपनि उनीहरु बाहिर निस्किएका हुन् । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग र छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग गठन हुनुपर्ने माग गर्दै उनीहरूले लगातार विरोध गर्दै आएका छन् । 

रास्वपा र राप्रपाले जेठ १३ गतेदेखि प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएका छन् । यद्यपि सभामुख देवराज घिमिरेले विरोधका बीच बैठकलाई अगाडि बढाइरहेका छन् ।

यो समाचारमा

राष्ट्रिय प्रजातन्त्र पार्टीरमेश लेखकदेवराज घिमिरेराष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौँ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु

    Data is loading...

    Loading brands...

    Loading footer...