सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

Author

सजिलो पत्रिका

२०८२ असार ०१, आइतबार ११:३५

58
Share
Featured
  • संविधानअनुसार असार १ गते सबै प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्दैछन्।
  • बजेटको प्राथमिकता र आकार – कोशी, कर्णाली, सुदूरपश्चिमले अघिल्लो वर्षकै हाराहारीमा बजेट ल्याउँदै; मधेशले कृषि, गण्डकीले पर्यटनमा प्राथमिकता, बागमतीले ६८ अर्ब र लुम्बिनीले ३२ अर्बको बजेट प्रस्ताव गर्दै।
समाचार सारांशGenerated using AI.

काठमाडौँ,असार ०१ ।  

सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष (आव) २०८२/८३ को बजेट सार्वजनिक गर्दैछन् । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले हरेकवर्ष असार १ मा बजेट सार्वजनिक गर्नुपर्ने प्राबधान छ । सोहि अनुरुप आज सातवटै प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीहरुले बजेट प्रस्तुत गर्न लागेका हुन् ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा बजेट सँगै आर्थिक विधेयक र विनियोजन विधेयक पनि पेस गर्ने कार्यसूची रहेको छ । कोशी सरकारले गत वर्षकै आकारमा बजेट ल्याउने तयारी गरेको छ । कोशीले गत वर्ष ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

मधेश प्रदेश सरकारले कृषिक्षेत्रको आमूल सुधारलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ । मधेशमा गत वर्ष ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँको बजेट आएको थियो ।

बागमती प्रदेशले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा ६८ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा बागमतीले ६२ अर्ब ७० करोड बराबरको बजेट ल्याएको थियो ।

गण्डकी प्रदेश सरकारले गत वर्ष ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट सार्वजनिक गरेको थियो । पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर गण्डकी प्रदेशले बजेट ल्याउँदै छ ।

बजेट प्रस्तुत गर्नकालागि लुम्बिनी प्रदेश सभाको बैठक दिउँसो तीन बजे बोलाइएको छ । लुम्बिनी प्रदेश सरकारले ३२ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८१÷८२ मा ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर यस वर्ष ३२ अर्बको सिलिङ तोकिएको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२कै हाराहारीमा नयाँ बजेट ल्याउने तयारी गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा २९ अर्ब २६ करोड ५९ लाख बराबरको बजेट प्रस्तुत गरेको थियो ।

कर्णाली प्रदेश सरकारले आगामी आवका लागि पनि चालु आर्थिक बर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक बर्षमा कर्णाली सरकारको बजेट ३१ अर्ब ४१ करोड ४१ हजार छ । आगामी बर्ष पनि त्यही हाराहारीमा बजेट ल्याउने तयारी भएको कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव बिक्रम शाहले बताएका छन् ।


यो समाचारमा

गण्डकी प्रदेशकाठमाडौँलुम्बिनी प्रदेशबागमती प्रदेश
कर्णाली प्रदेश7 more

ट्यागहरू

#बजेट#सरकार#सरकारका आर्थिक मामिला तथा योजना#प्रदेशसभा बैठक#आर्थिक मामिला#विनियोजन विधेयक#आर्थिक वर्ष#चालु आर्थिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सोमबारदेखि नयाँ प्रणालीबाट राहदानी वितरण गरिँदै, सेवा थप सहज हुने

    काठमाडौँ।सरकारले राहदानी (पासपोर्ट) सेवालाई थप सरल, सहज र प्रभावकारी बनाउन आगामी सोमबारदेखि नयाँ प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ। परराष्ट्र मन्त्रालय र राहदानी विभागले यसका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुर्‍याएका छन्।परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार, नयाँ प्रणाली लागू भएपछि राहदानी वितरण प्रक्रिया थप व्यवस्थित हुनेछ। छापिएका राहदानीहरूलाई

    sajilo patrika

    मर्यादित महिनावारीका लागि नयाँ निर्देशिका ल्याउँदै सरकार- मन्त्री वादी

    आत्मदाह प्रयासको घटनालाई ट्राफिक जरिवानासँग जोड्नु भ्रामक- ट्राफिक प्रहरी

    देशका ११ जिल्लामा बाढीको जोखिम, सतर्क रहन महाशाखाको आग्रह

    सुशासन मार्गचित्रका प्रणेता कार्की बने मुख्यसचिव, २०८५ सम्म रहनेछ कार्यकाल

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू