आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

Author

सजिलो पत्रिका

२०८२ असार ०१, आइतबार

26
Share
Featured
  • अमेरिकी डलरको खरिददर रु. १३७.४४ र बिक्रीदर रु. १३८.०४ निर्धारण।
  • युरो, पाउन्ड, स्विस फ्र्याङ्क लगायत सबैको विनिमय दर अद्यावधिक गरिएको (जस्तै युरो बिक्रीदर रु. १५८.७२)।
  • १०० भारतीय रुपैयाँको खरिददर रु. १६० र बिक्रीदर रु. १६०.१५ कायम।
समाचार सारांशGenerated using AI.

काठमाडौँ,असाढ ०१ । 

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि अन्तर्राष्ट्रिय मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कले आफ्नो वेवसाइटमा जारीको विनिमयदर अनुसार अमेरिकी एक डलरको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।

बैंकले भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

यो समाचारमा

काठमाडौँनेपाल राष्ट्र बैंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...