कंगोमा मलामी बोकेको डुंगा डुब्यो: ५४ जनाको मृत्यु, दर्जनौं बेपत्ता

Author

सजिलो पत्रिका

२०८२ जेठ ३१, शनिबार

49
Share
Featured
  • कंगोको तुम्बा तालमा मलामी बोकेको डुंगा डुब्दा कम्तीमा ५४ जनाको मृत्यु र दर्जनौं बेपत्ता भएका छन्।
  • डुंगा ठूलो छालसँग जुध्दा नियन्त्रण गुम्यो; यात्रु सूची नभएको र ओभरलोड भएको आशंका।
  • कंगोमा जल यातायातमा सुरक्षा मापदण्डको कमीले यस्ता दुर्घटना बारम्बार भइरहेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ,जेठ ३१ । 

उत्तरपश्चिमी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा मलामी बोकेको एक डुंगा डुब्दा कम्तीमा ५४ जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति बेपत्ता भएका छन्। बुधबार इक्वेटुर प्रान्तको तुम्बा तालमा भएको यो दुःखद दुर्घटनामा २०० भन्दा बढी यात्रु सवार रहेको बताइएको छ।

प्रान्तीय गृहमन्त्री क्रिस्पिन एमपुटु मोलियाले तुम्बा तालमा तीनवटा ठूला डुङ्गाहरू दुर्घटनामा परेको पुष्टि गरे। उनले एएफपी समाचार एजेन्सीसँग भने , "हामीले अहिलेसम्म दर्जनौं जीवित व्यक्तिलाई उद्धार गरेका छौँ, तर अझै पनि कैयौँको सङ्ख्यामा मानिसहरू हराइरहेका छन्।"

उद्धार कार्यमा संलग्न एक स्थानीय बासिन्दा, डियु मर्सी अकुलाले मृतकको संख्या ५४ पुगेको पुष्टि गरे। प्राप्त जानकारी अनुसार, डुंगाले इकोको–बोङिन्डा गाउँमा एक महिलाको शव र उहाँको अन्त्येष्टिमा सहभागी हुन लागेका २०० भन्दा बढी मलामी बोकेको थियो।

प्रत्यक्षदर्शीहरूले अधिकारीहरूलाई बताएअनुसार, डुंगाले अचानक ठूलो छालको सामना गर्नुपर्‍यो, जसलाई चालकले नियन्त्रण गर्न नसक्दा दुर्घटना हुन पुग्यो।

अधिकारीहरूले घटनाबारे अनुसन्धान सुरु गरेका छन्। गृहमन्त्री एमपुटुका अनुसार, डुंगामा यात्रुहरूको सूची नभएकाले बेपत्ता व्यक्तिहरूको यकिन संख्या पत्ता लगाउन र डुंगा क्षमताभन्दा बढी यात्रु (ओभरलोड) का कारण डुबेको हो कि होइन भनी निर्धारण गर्न कठिन भएको छ।

कंगोमा जल यातायात एक प्रमुख माध्यम भए पनि सुरक्षा मापदण्डको अभाव, पुराना डुंगा र क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्तिका कारण यस्ता दुर्घटनाहरू बारम्बार हुने गर्दछन्।

यो समाचारमा

प्रजातान्त्रिक गणतन्त्र कङ्गोकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...