रुकुम पश्चिममा मिनीट्रक दुर्घटना, चालकको मृत्यु, सहचालक घाइते

Author

सजिलो पत्रिका

२०८२ जेठ ३०, शुक्रबार

39
Share
Featured
  • रुकुम पश्चिमको सिम्रुतु बजार नजिक मिनीट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्।
  •  प्रारम्भिक अनुसन्धानअनुसार ब्रेक फेल भएका कारण दुर्घटना भएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ, जेठ ३० । 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका, पश्चिमी रुकुम–२, सिम्रुतु बजार नजिकै मिनीट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका अनुसार दाङबाट रुकुमपश्चिमको सदरमुकाम खलङ्गातर्फ आउँदै गरेको रा१क १४१२ नम्बरको मिनीट्रक बिहीबार साँझ दुर्घटनामा परेको हो। दुर्घटनामा गम्भीर घाइते भएका चालक, दाङको घोराही उपमहानगरपालिका–१० निवासी ४५ वर्षीय भुपेन्द्र महतको उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका सहचालक, सोही स्थानका ३४ वर्षीय सुन्दरकुमार बुढाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक ऋषि पाठकले ट्रकको ब्रेक फेल भएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको जानकारी दिए।

यो समाचारमा

घोराही उपमहानगरपालिकात्रिवेणी गाउँपालिका, पश्चिमी रुकुमकाठमाडौँदाङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...