भारतमा भएको विमान दुर्घटनामा परराष्ट्रमन्त्री राणाद्वारा दुःख व्यक्त

Author

सजिलो पत्रिका

२०८२ जेठ २९, बिहिबार

35
Share
Featured
  • भारतको अहमदाबादमा लन्डनका लागि उडेको एअर इन्डिया एआई १७१ विमान दुर्घटनामा परेपछि नेपालकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरिन्।
  • मृतकका परिवारप्रति सहानुभूति प्रकट गर्दै नेपालले भारतप्रति कठिन समयमा ऐक्यबद्धता जनाउने उल्लेख गरेकी छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

भारतमा बिहीबार भएको विमान दुर्घटनाप्रति परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दुःख व्यक्त गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले कठिन समयमा नेपालले भारतप्रति हार्दिक ऐक्यबद्धता प्रकट गर्न चाहेको बताएकी हुन् ।

‘भारतको अहमदाबादमा लन्डनका लागि उडेको एयर इन्डिया एआई १७१ विमान दुर्घटनाको बारेमा सुनेर म अत्यन्तै दुःखी छु’ उनले भनेकी छन्, ‘म प्रभावित परिवार र प्रियजनहरूप्रति मेरो सहानुभूति र समवेदना व्यक्त गर्दछु । यस कठिन समयमा नेपालले भारतप्रति हार्दिक ऐक्यबद्धता प्रकट गर्दछु ।’


गुजरातको अहमदावादस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनका लागि उडेको एअर इन्डियाको विमान दुर्घटनामा परेको थियो । २४२ जना रहेको विमान उडानको केही मिनेटमै दुर्घटनामा परेको थियो ।


यो समाचारमा

आरजु राणा देउवाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...