नेपाल-अमेरिका व्यापारमा चुनौती थपियो, कूटनीतिक पहल बढाउनुपर्नेमा मन्त्रीको जोड

Author

सजिलो पत्रिका

२०८२ जेठ २९, बिहिबार

44
Share
Featured

काठमाडौँ,जेठ २९ । 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संयुक्त राज्य अमेरिकाको नयाँ व्यापार नीतिले सिर्जना गरेको विश्वव्यापी प्रतिस्पर्धाका कारण नेपाललाई ‘प्रसव पीडा’ जस्तै सकस परेको बताएका छन् । 

बुधबार काठमाडौंमा आयोजित ‘नेपाल-अमेरिका व्यापारः अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले अमेरिकामा नयाँ सरकार गठन भएपछिको परिवर्तित नीतिले नेपालजस्ता मुलुकलाई अप्ठ्यारोमा पारेको टिप्पणी गरे ।

कार्यक्रममा उनले भने, "अमेरिकाको नयाँ सरकार बनिसकेपछिको नीतिले ट्रेडमा चलेको होडबाजीको विश्वव्यापी केही पराकम्पन आए। त्यसकारण हामी अहिले प्रसव पीडामा छौं— यहाँबाट अगाडि बढ्ने कि सकिने भन्ने अवस्थामा।"

यो चुनौतीपूर्ण अवस्थाबाट पार पाउन नेपालले आफ्नो तर्फबाट कूटनीतिक प्रयासहरू थप बढाउनुपर्ने आवश्यकतामा उनले जोड दिए ।

मन्त्री भण्डारीले वर्तमान समयमा व्यापार प्रवर्द्धन (ट्रेड प्रमोशन) बिना मुलुकको अर्थतन्त्रले नयाँ गति लिन नसक्ने स्पष्ट पारे । उनले भने, "हामीले चाहेर वा नचाहेर पनि आफ्नो सामर्थ्यले अगाडि बढ्नुपर्नेछ ।"

यो समाचारमा

काठमाडौँदामोदर भण्डारीनेपालसंयुक्त राज्य अमेरिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकारले दियो सांसदलाई स्वकीय सचिव राख्न पाउने सुविधा

    काठमाडौं । सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ ।हालै बसेको मन्त्रिपरिषदको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युँताउने निर्णय गरेको हो ।यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा

    Data is loading...

    Loading brands...

    Loading footer...