नागढुङ्गा–नौबिसे सडक खण्ड थप पाँच दिन दिउँसो बन्द हुने

Author

सजिलो पत्रिका

२०८२ जेठ २६, सोमबार ०९:३२

32
Share
Featured

काठमाडौँ, जेठ २६ । 

नागढुङ्गा–नौबिसे सडक खण्ड आजदेखि थप पाँच दिनका लागि दिउँसोको समयमा बन्द हुने भएको छ । सडक मर्मत तथा स्तरोन्नतिको काम जारी रहेकाले नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले जेठ ३० गतेसम्मका लागि सडक बन्दको समय थप गरेको हो ।

आयोजनाले जारी गरेको सूचना अनुसार, आजदेखि जेठ ३० गतेसम्म हरेक दिन बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक पूर्ण रूपमा बन्द रहनेछ । यसअघि जेठ १० गतेदेखि हिजोसम्म सोही समयमा सडक बन्द गरिएकोमा काम सम्पन्न नभएपछि समय थप गरिएको हो ।

सडक बन्द हुने अवधिमा साना तथा मझौला गाडीहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । जसअनुसार सीतापाइला–रामकोट–धार्के सडक र सामाखुशी–टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न सकिने आयोजनाले जनाएको छ । आयोजनाले सडक बन्द हुँदा यात्रुहरूमा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ ।

यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#बाटो#बन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    चितवनको पुँजीगत खर्च ५८ प्रतिशत मात्रै

    १५ ठाउँको पहिरो पन्छाएपछि खुल्यो नारायणगढ-मुग्लिन सडक

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू