वातावरण दिवसमा तारकेश्वरमा नागरिक सचेतना समाजको बृहत कार्यक्रम, ९ विद्यालयको सहभागिता

Author

सजिलो पत्रिका

२०८२ जेठ २२, बिहिबार

48
Share2
Featured

काठमाडौँ, जेठ २२ ।

नागरिक सचेतना समाज नेपालले आज विश्व वातावरण दिवसको अवसरमा तारकेश्वरमा बृहत जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमअन्तर्गत मनमैजु पुलदेखि लोकतान्त्रिक चोकसम्म प्रभातफेरी आयोजना गरिएको थियो ।

प्रभातफेरीमा सहभागीहरूले वातावरण संरक्षण सम्बन्धी नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए । र्‍यालीपश्चात् आयोजित सभामा सहभागी विभिन्न विद्यालयका एक-एक जना विद्यार्थीले वातावरण संरक्षणमा स्थानीय सरकारको भूमिका र नागरिकको दायित्वु विषयमा आफ्नो प्रस्तुति दिएका थिए ।


कार्यक्रमको सञ्चालन नागरिक सचेतना समाज नेपालका महासचिव तथा सामाजिक अभियन्ता सुशान्त न्यौपानेले गरेका थिए । कार्यक्रमको समापन गर्दै समाजका अध्यक्ष प्रा. श्यामकृष्ण बिष्टले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरे।

कार्यक्रममा त्रिशुली मिनरल वाटर कम्पनीले पिउने पानीको सहयोग गरेको थियो भने सूर्योदय योग साधना केन्द्रले र्‍यालीमा सक्रिय सहभागिता जनाएको थियो ।


कार्यक्रममा मनमैजु मावि, मानसिङ मावि, शुभकामना स्कुल, न्यु एरा एकेडेमी, कौशल हाइ स्कुल, प्रारम्भ स्कुल, हिमरश्मी हाइ स्कुल, लालीगुराँस नेशनल एकेडेमी र एन्जल्स हार्ट स्कुल गरी ९ वटा विद्यालयको सहभागिता रहेको आयोजकले बताएका छन् । 

यो समाचारमा

तारकेश्वरकाठमाडौँ

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    काठमाडौं । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ। यस विषयमा औपचारिक निर्णय गर्न र आगामी रणनीति तय गर्न आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ।एमालेले शनिबार नै मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराइसकेको छ।

    Data is loading...

    Loading brands...

    Loading footer...