आजबाट काठमाडौ-हेटौंडा जोड्ने कान्तिलोकपथ चार दिन बन्द हुने

Author

सजिलो पत्रिका

२०८२ जेठ २१, बुधबार

49
Share
Featured

काठमाडौँ, २१ जेठ।

काठमाडौँहेटौडा उपमहानगरपालिका जोड्ने सडक कान्तिलोकपथ आजदेखि चार दिन पूर्णरुपमा बन्द भएको छ । कान्तिलोकपथअन्तर्गत बगुवाको बागमती नदीमा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकोले चार दिन सडक बन्न गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना निकालेर आजदेखि २४ गतेसम्म सडक पूर्णरुपमा बन्द हुने जानकारी दिएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कडेलले निकालेको सूचनामा सडक बन्द हुँदा हेटौँडा–काठमाडौँ र काठमाडौँ–हेटौँडा चल्ने गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।


कान्तिलोकपथको वैकल्पिक सडकका रुपमा कुलेखानी–कलङ्की–हुमाने वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सकिनेछ ।

यो समाचारमा

मकवानपुरबागमती नदीहेटौडा उपमहानगरपालिकाकाठमाडौँ

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...