सुनसरी-१ मा हर्क साम्पाङ पछि परे, समर्थकलाई भने– 'नआत्तिनुस्, अन्तिमसम्म पर्खनुस्'

Author

सजिलो पत्रिका

२०८२ फागुन २२, शुक्रबार

35
Share
Featured
  • सुनसरी–१ को प्रारम्भिक मतगणनामा रास्वपाकी गोमा तामाङ (सरिन) ४६१ मतसहित अग्रस्थानमा छन्।
  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ १५४ मतसहित पछि परेका छन्।
  • साम्पाङले समर्थकहरूलाई धैर्य गर्न र अन्तिम नतिजा नआउँदासम्म संयमित रहन आग्रह गरेका छन्; मतगणना जारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सुनसरी क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङ (सरिन) भन्दा दोब्बर बढी मतले पछि परेका छन्। १ हजार मत गणना हुँदा तामाङले ४६१ मत प्राप्त गरेकी छन् भने साम्पाङको पक्षमा १५४ मत मात्र आएको छ।

सुरुवाती नतिजामा पछि परेपछि साम्पाङले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकहरूलाई धैर्य गर्न आग्रह गरेका छन्। उनले लेखेका छन्, "अन्तिम समयसम्म पर्खनुस्। आत्तिनु पर्दैन। मात्तिनु नि हुँदैन।" उनले अन्तिम नतिजा नआउँदासम्म नआत्तिन र संयम रहन आफ्ना कार्यकर्ताहरूलाई आह्वान गरेका छन्। यहाँ मतगणना जारी छ।


यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँसुनसरीश्रम संस्कृति पार्टी
हर्कराज साम्पाङ राई4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...