राजनीतिक प्रतिस्पर्धा एकातिर, व्यक्तिगत माया अर्कोतिर,हर्कको जितमा बालेनको खुसी

Author

सजिलो पत्रिका

२०८२ फागुन २४, आइतबार

19
Share
Featured
  • सुनसरी–१ बाट विजयी हर्क साम्पाङलाई रास्वपाका नेता बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत बधाई दिएका छन्।
  • बालेनले हर्कको पोस्टमा कमेन्ट गर्दै “तपाईंलाई सधैं माया थियो, छ र रहन्छ। तपाईं र धरानलाई सधैं माया छ।” भन्दै शुभकामना व्यक्त गरे।
  • पछिल्लो समय सामाजिक सञ्जालमा वाक्युद्ध भइरहे पनि हर्कले रास्वपाकी उम्मेदवारलाई हराएर जित्दा बालेनले पुरानो सद्भाव देखाएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रतिनिधि सभा निर्वाचनमा सुनसरी–१ बाट विजयी भएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले विशेष शुभकामना दिएका छन्।

आइतबार हर्कले फेसबुकमार्फत "सुनसरी–१ बाट म पहिलो भएको घोषणा गर्दछु, जय श्रम संस्कृति" भन्दै पोस्ट गरेपछि बालेनले उक्त पोस्टमा कमेन्ट गर्दै लेखेका छन्, "तपाईँलाई सधैँ माया थियो। छ र रहन्छ। तपाईँ र धरानलाई सधैँ माया छ।"

२०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौं र धरानमा स्वतन्त्र रूपमा 'लौरो' चिन्ह लिएर मेयर जितेका यी दुई नेताबीच पछिल्लो समय राजनीतिक विषयलाई लिएर सामाजिक सञ्जालमा 'वाक्युद्ध' चल्ने गरेको थियो। हर्कले रास्वपाकै उम्मेदवार गोमा तामाङलाई पराजित गरेर चुनाव जिते पनि बालेनले पुरानो सद्भावलाई जोड दिँदै माया व्यक्त गरेका हुन्। बालेन रास्वपाबाट प्रस्तावित प्रधानमन्त्री हुन् भने हर्क आफ्नै दल श्रम संस्कृति पार्टीबाट संसदमा प्रवेश गरेका छन्।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)श्रम संस्कृति पार्टीसुनसरीकाठमाडौँ
प्रतिनिधि सभा4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...