
काठमाडौँकाठमाडौँ उपत्यकाभित्रका सुकुम्बासी तथा अव्यवस्थित बस्तीहरूमा भइरहेको बलजफती हटाउने कार्यबारे सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ। न्यायाधीश सुनील कुमार पोखरेलको एकल इजलासले माजिद अन्सारीलगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विपक्षी निकायहरूलाई बाटोको म्याद बाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत जवाफ पेस गर्न आदेश दिएको हो।...