
काठमाडौँ,असार ०३ । विगतका वर्षहरूमा जस्तो यसपालि वर्षायाममा काठमाडौँ उपत्यकावासीले मेलम्चीको पानीबाट वञ्चित हुनु नपर्ने भएको छ। सरकारले मेलम्ची नदीमा बाढीको जोखिम बढेको अवस्थामा पनि पानी आपूर्ति निरन्तर गर्न वैकल्पिक व्यवस्था मिलाएको छ।खानेपानी मन्त्री प्रदीप यादवले सोमबार मेलम्चीस्थित रिबर्मा खोलामा निर्माण गरिएको वैकल्पिक इन्टेक र खानेपानी ट्याङ्कीको स्थलगत निरीक्षण गर्दै अब...