वर्षायाममा पनि मेलम्चीको पानी काठमाडौँमा, रिबर्मा खोलाबाट वैकल्पिक आपूर्ति सुरु

Author

सजिलो पत्रिका

२०८२ असार ०३, मङ्गलबार

37
Share
Featured
  • यस वर्ष वर्षायाममा पनि काठमाडौँमा मेलम्चीको पानी आपूर्ति अविच्छिन्न रहने भएको छ, वैकल्पिक इन्टेक र व्यवस्थापनको व्यवस्था मिलाइएको छ।
  • खानेपानी मन्त्री प्रदीप यादवले रिबर्मा खोलाबाट पानी पथान्तरणको स्थलगत निरीक्षण गर्दै पानी नरोकिने घोषणा गरेका छन्।
  • रिबर्मा खोलाबाट दैनिक ५–७ करोड लिटर पानी काठमाडौँ पठाउन सकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ,असार ०३ । 

विगतका वर्षहरूमा जस्तो यसपालि वर्षायाममा काठमाडौँ उपत्यकावासीले मेलम्चीको पानीबाट वञ्चित हुनु नपर्ने भएको छ। सरकारले मेलम्ची नदीमा बाढीको जोखिम बढेको अवस्थामा पनि पानी आपूर्ति निरन्तर गर्न वैकल्पिक व्यवस्था मिलाएको छ।

खानेपानी मन्त्री प्रदीप यादवले सोमबार मेलम्चीस्थित रिबर्मा खोलामा निर्माण गरिएको वैकल्पिक इन्टेक र खानेपानी ट्याङ्कीको स्थलगत निरीक्षण गर्दै अब वर्षायाममा पनि काठमाडौँमा पानी नरोकिने घोषणा गरेका छन्।

"वर्षायाम सुरु भएसँगै उत्पन्न हुने जोखिमलाई मध्यनजर गर्दै अब वैकल्पिक उपायस्वरूप रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङमार्ग हुँदै काठमाडौँमा आपूर्ति गर्ने व्यवस्था गरेका छौँ," निरीक्षणपछि मन्त्री यादवले भने, "यो व्यवस्थाले उपत्यकावासीको दीर्घकालीन खानेपानी समस्याको दिगो समाधान गर्ने अपेक्षा छ। अब काठमाडौँका नागरिकले पानीका लागि दुःख पाउनु पर्दैन।"


वि.सं २०७८ सालको विनाशकारी बाढीले मेलम्चीको मुहानमा क्षति पुर्‍याएपछि हरेक वर्ष वर्षायाममा बाढीको जोखिमका कारण सुरुङ बन्द गरिँदै आएको थियो। तर, यसपालि मन्त्री यादवको पहलमा रिबर्मा खोलाबाट पानी पथान्तरण गर्ने प्रविधिको सफल परीक्षण गरिएको हो।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक इन्जिनियर रत्नप्रसाद लामिछानेका अनुसार, वर्षायाममा मेलम्चीको मुख्य सुरुङ बन्द गर्नुपर्ने अवस्था आएमा रिबर्मा खोलाबाट दैनिक पाँचदेखि सात करोड लिटर पानी काठमाडौँ पठाउन सकिनेछ। "त्यसका लागि आवश्यक सम्पूर्ण भौतिक संरचना तयार भइसकेका छन् र सुरुङमार्फत पानी पथान्तरणको सफल परीक्षण पनि गरिएको छ," उनले भने।


बाढीको उच्च जोखिमलाई ध्यानमा राख्दै आयोजनास्थलमा प्राविधिक, सुरक्षाकर्मी र आपूर्ति टोलीलाई २४ सै घण्टा खटाइएको छ। सुरुङमार्ग र वितरण प्रणालीको सुरक्षालाई समेत मजबुत बनाइएको समितिले जनाएको छ। यो नयाँ व्यवस्थासँगै वर्षायाममा मेलम्चीको पानी वितरणमा अवरोध आउने परम्परा तोडिने विश्वास गरिएको छ।

यो समाचारमा

प्रदीप यादवकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सोमबारदेखि नयाँ प्रणालीबाट राहदानी वितरण गरिँदै, सेवा थप सहज हुने

    काठमाडौँ।सरकारले राहदानी (पासपोर्ट) सेवालाई थप सरल, सहज र प्रभावकारी बनाउन आगामी सोमबारदेखि नयाँ प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ। परराष्ट्र मन्त्रालय र राहदानी विभागले यसका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुर्‍याएका छन्।परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार, नयाँ प्रणाली लागू भएपछि राहदानी वितरण प्रक्रिया थप व्यवस्थित हुनेछ। छापिएका राहदानीहरूलाई

    Data is loading...

    Loading brands...

    Loading footer...