
काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई गरिएको निलम्बन कार्यान्वयन नगर्न आदेश दिएको छ।न्यायाधीश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले बुधबार अन्तरिम आदेश जारी गर्दै पाण्डेलाई पदमा बहाल राख्न भनिएको हो। अदालतले निलम्बन सम्बन्धी जेठ २० गतेको पत्र कार्यान्वयन नगर्न र पाण्डेलाई नियमित काममा फर्किन दिन आदेश...