
काठमाडौँ।चौथो संस्करणको नेपाल सुपर लिग (एनएसएल) आगामी भाद्र २० गतेदेखि सुरु हुने भएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको मिति सार्वजनिक गरेको हो।कार्यक्रममा बोल्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रलाई दलीय राजनीतिबाट मुक्त राख्ने सरकारको नीति रहेको बताए। उनले देशका २७ हजार विद्यालय र लाखौँ विद्यार्थीलाई लक्षित गर्दै...