
काठमाडौँ। २९ वैशाखलेग स्पिनर सन्दीप लामिछानेको घातक बलिङको मद्दतले नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डविरुद्ध दबाब बढाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको स्कटल्याण्डले सन्दीपको बलिङसामु खुलेर खेल्न सकेको छैन।२५ ओभरको समाप्तिसम्म स्कटल्याण्डले ४ विकेट गुमाएर १२८ रन बनाएको छ, जसमा चारै विकेट...