विश्वकप लिग-२: स्कटल्याण्डविरुद्ध सन्दीपको घातक बलिङ, एक्लैले लिए ४ विकेट

Author

सजिलो पत्रिका

२०८३ वैशाख २९, मङ्गलबार

22
Share
Featured

काठमाडौँ। २९ वैशाख

लेग स्पिनर सन्दीप लामिछानेको घातक बलिङको मद्दतले नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डविरुद्ध दबाब बढाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको स्कटल्याण्डले सन्दीपको बलिङसामु खुलेर खेल्न सकेको छैन।

२५ ओभरको समाप्तिसम्म स्कटल्याण्डले ४ विकेट गुमाएर १२८ रन बनाएको छ, जसमा चारै विकेट सन्दीपको नाममा रहेका छन्। सन्दीपले खतरनाक ब्याटिङ गरिरहेका ओपनर जर्ज मुन्सेलाई ७५ रनमा आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए। मुन्सेले ६२ बलमा १२ चौका र २ छक्का प्रहार गरेका थिए।

लगत्तै सोही ओभरको अन्तिम बलमा सन्दीपले अर्का ओपनर फिन्ले म्याकक्रेथलाई ३५ रनमा एलबीडब्लु आउट गरे। यतिमा मात्र नरोकिई उनले ब्रान्डोन म्यकमुलेनलाई ७ रनमा बोल्ड र कप्तान रिची बेरिङटोनलाई ५ रनमा एलबीडब्लु आउट गर्दै स्कटल्याण्डको ब्याटिङ लाइनलाई ध्वस्त बनाएका छन्।

यो समाचारमा

स्कटल्याण्डकीर्तिपुरकाठमाडौँसन्दीप लामिछाने
नेपाल4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...