
काठमाडौँनेपालको संविधानले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यलाई महिलाको मौलिक हकका रूपमा सुनिश्चित गरे पनि व्यवहारमा भने अवस्था अझै कमजोर रहेको पाइएको छ।महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले हालै जारी गरेको ध्यानाकर्षण पत्रमा दुर्गम भूगोल, कमजोर स्वास्थ्य पूर्वाधार र दक्ष जनशक्तिको अभावका कारण धेरै महिलाहरू आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भइरहेका उल्लेख गरिएको...