काठमाडौँ ।गुगलले नेपालमा आफ्नो चर्चित 'स्ट्रिट भ्यू' फिचर औपचारिक रूपमा सुरु गरेको छ। ललितपुरमा जारी 'डिजिटल नेपाल कन्क्लेभ, २०२५' को विशेष अवसरमा गुगलले यो महत्त्वपूर्ण घोषणा गरेको हो।यो सुविधासँगै अब संसारको कुनै पनि कुनाबाट नेपालका सडक, गल्ली, सम्पदा र प्राकृतिक सुन्दरतालाई ३६० डिग्रीमा भर्चुअल रूपमा अवलोकन गर्न सकिनेछ।गुगलले एक विज्ञप्ति...