
काठमाडौँ।बैतडी जिल्लामा बिहीबार दिउँसो साढे १२ बजेसम्म २८ हजार १४१ मत खसेको छ। जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालका अनुसार जिल्लाका २ सय १५ वटै मतदान केन्द्रमा मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा जारी छ।बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाताहरूको उत्साहजनक सहभागिता देखिएको छ। हालसम्मको प्रारम्भिक तथ्याङ्कअनुसार २८ हजारभन्दा...