
काठमाडौँ : प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले सडक दुर्घटना न्यूनीकरणका लागि ‘सडक सुरक्षा विधेयक’ संसद्को चालु अधिवेशनभित्रै पेश गर्न सरकारलाई निर्देशन दिएको छ।समितिको मंगलवारको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो। बैठकका निर्णयहरू सार्वजनिक गर्दै समितिका सभापति आशिष गजुरेलले सडक सुरक्षाका विषयमा गम्भीर बन्नुपर्ने अवस्था आएको बताए।...