पोखरामा विदेश भ्रमणको प्रलोभन देखाएर ठगी गर्ने भारतीयसहित दुई पक्राउ

Author

सजिलो पत्रिका

२०८३ साउन ०९, शनिबार

12
Share1
Featured
  • पोखरामा विदेश भ्रमणको प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक भारतीयसहित दुई जना पक्राउ परेका छन्।
  • उनीहरूले 'ओएसिस टुरिजम इन्टरनेसनल' सञ्चालन गरी ३० जनाबाट करिब ९ लाख ६५ हजार रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
  • प्रहरीले कम्प्युटर, कागजात र छाप बरामद गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ  । कास्की प्रहरीले पोखरामा अनलाइनमार्फत ठगी गरेको आरोपमा एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीका २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटकका ३० वर्षीय मोहम्मद यासिर रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले पोखरा-५ प्रस्याङमा घर भाडामा लिएर 'ओएसिस टुरिजम इन्टरनेसनल' नामक संस्था सञ्चालन गरी ठगी धन्दा चलाइरहेका थिए। उनीहरूले १५ जना बेरोजगार युवायुवतीलाई प्रयोग गरी विभिन्न व्यक्तिलाई एसिया र युरोप भ्रमणको प्रलोभन देखाएर हालसम्म ३० जनाबाट ९ लाख ६५ हजार रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले घटनास्थलबाट दुई थान कम्प्युटर, विभिन्न दर्ता पुस्तिका, कुपन रसिद र छापहरू बरामद गरेको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी बिरेन्द्र कुमार पासवानले जानकारी दिएका छन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बालेन र रास्वपा लक्षित पोखरेलको टिप्पणी- 'छिटो उदाउनेको पतन पनि छिट्टै हुन्छ'

    काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले पपुलिजम, अवसरवाद र अराजकतावादको आधारमा उदाएका राजनीतिक शक्तिहरू दीर्घकालसम्म टिक्न नसक्ने दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै नयाँ शक्तिहरूको पतन छिट्टै हुने जिकिर गरे।पोखरेलले छिटो

    Data is loading...

    Loading brands...

    Loading footer...