भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

Author

सजिलो पत्रिका

२०८३ साउन ०९, शनिबार

12
Share1
Featured
  • भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्।
  • नीट पेपर लिक प्रकरणलाई लिएर करिब एक महिनादेखि उनको राजीनामा माग्दै आन्दोलन भइरहेको थियो।
  • प्रधानले देशको एकता, विद्यार्थीको भविष्य र कानुनी जटिलता टार्न राजीनामा दिएको बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ  । भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन् । उनीविरुद्ध झण्डै एक महिनादेखि दिल्लीको जन्तर–मन्तरमा कक्रोच जनता पार्टी (सीजेपी) को प्रदर्शन चलिरहेको छ ।

निट पेपर लिक मामिलामा भारतका विभिन्न राज्यहरूमा शिक्षामन्त्री प्रधानले राजीनामा दिनुपर्ने माग अघि सारेर प्रदर्शन भइरहेको थियो । प्रधानले सामाजिक सञ्जाल एक्समा राजीनामाबारे जानकारी दिएका छन् ।

‘जन्तर–मन्तर र देशभर सिर्जना भएको वर्तमान परिस्थितिको फाइदा राष्ट्रविरोधी शक्तिहरूले नउठाऊन्, देशको एकता कायम रहोस्, भारतका एक जना पनि विद्यार्थीको भविष्य कानूनी जटिलतामा नफसोस्, हाम्रा विद्यार्थीहरूले आफ्नो समय अध्ययनमा लगाऊन् र करियर निर्माणमा केन्द्रित होऊन् भन्ने विषयलाई ध्यानमा राख्दै मैले आफ्नो राजीनामा सम्माननीय प्रधानमन्त्रीज्यूलाई पठाएको छु,’ उनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पोखरामा विदेश भ्रमणको प्रलोभन देखाएर ठगी गर्ने भारतीयसहित दुई पक्राउ

    काठमाडौँ  । कास्की प्रहरीले पोखरामा अनलाइनमार्फत ठगी गरेको आरोपमा एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीका २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटकका ३० वर्षीय मोहम्मद यासिर रहेका छन्।प्रहरीका अनुसार उनीहरूले पोखरा-५ प्रस्याङमा घर भाडामा लिएर 'ओएसिस टुरिजम इन्टरनेसनल' नामक संस्था सञ्चालन गरी ठगी धन्दा चलाइरहेका

    Data is loading...

    Loading brands...

    Loading footer...