गुणस्तरहीन खाद्य पदार्थ बेच्ने मधेसका ६२ व्यवसायीविरुद्ध मुद्दा दायर

Author

सजिलो पत्रिका

२०८३ साउन ०९, शनिबार

16
Share1
Featured
  • मधेस प्रदेशमा गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा ६२ व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ।
  • अनुगमनमा मिसावट, म्याद गुज्रिएका सामान बिक्री र गुणस्तर मापदण्ड उल्लंघन भएको पाइएको छ।
  • गत आर्थिक वर्षमा १० लाख ८७ हजार रुपैयाँ जरिवाना गरिनुका साथै अखाद्य वस्तु जफत गरी नष्ट गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ  । मधेश प्रदेशमा गुणस्तरहीन र अखाद्य वस्तु उत्पादन तथा बिक्री गरेको आरोपमा ६२ जना उद्योगी–व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा सङ्कलन गरिएका नमुना परीक्षण गर्दा कैफियत भेटिएपछि उनीहरूमाथि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कानुनी कारबाही अघि बढाएको हो।

कार्यालयका अनुसार सबैभन्दा धेरै बारा र पर्साका ५१ व्यवसायी कारबाहीमा परेका छन्। यस्तै महोत्तरीका ७, सर्लाही र रौतहटका ३ तथा धनुषाका १ जना विरुद्ध मुद्दा दर्ता गरिएको छ भने थप ५ जना विरुद्ध प्रक्रिया अघि बढाइएको छ। अनुगमनका क्रममा स्वास्थ्यका लागि हानिकारक मिसावट गरिएको, म्याद गुज्रिएका सामान बेचिएको र गुणस्तर मापदण्ड पालना नगरेको पाइएको थियो।

गत आर्थिक वर्षमा कुल ४ हजार ५५९ खाद्य नमुना परीक्षण गरिएको थियो। सोही अवधिमा धनुषा र सर्लाहीका विभिन्न होटल तथा रेष्टुरेन्टमा गरिएको अनुगमनका क्रममा कैफियत भेटिएपछि १० लाख ८७ हजार रुपैयाँ जरिवाना समेत गरिएको छ। कार्यालयले म्याद गुज्रिएका र सडेगलेका अखाद्य वस्तुहरू जफत गरी नष्ट गरेको छ भने विभिन्न सेवाबाट ३८ लाख ३६ हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पोखरामा विदेश भ्रमणको प्रलोभन देखाएर ठगी गर्ने भारतीयसहित दुई पक्राउ

    काठमाडौँ  । कास्की प्रहरीले पोखरामा अनलाइनमार्फत ठगी गरेको आरोपमा एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीका २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटकका ३० वर्षीय मोहम्मद यासिर रहेका छन्।प्रहरीका अनुसार उनीहरूले पोखरा-५ प्रस्याङमा घर भाडामा लिएर 'ओएसिस टुरिजम इन्टरनेसनल' नामक संस्था सञ्चालन गरी ठगी धन्दा चलाइरहेका

    Data is loading...

    Loading brands...

    Loading footer...