साताको अन्तिम दिन नेप्सेमा सामान्य अंकको सुधार

Author

सजिलो पत्रिका

२०८३ साउन ०८, शुक्रबार

14
Share1
Featured
  • शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढेर २७३४.६३ बिन्दुमा पुगेको छ।
  • आज ६ अर्ब २६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
  • कारोबारमा १५२ कम्पनीको सेयर मूल्य बढ्दा १०९ कम्पनीको घटेको र १५ कम्पनीको मूल्य स्थिर रहेको छ।a
समाचार सारांशGenerated using AI.

काठमाडौं । सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.९० अंकले बढेर २७३४.६३ बिन्दुमा कायम भएको छ ।

अघिल्लो कारोबार दिन बिहीबार पनि नेप्से १४.१७ अंकले बढेको थियो भने बुधबार भने १३.९५ अंकले घटेको थियो । यसअघिका छ कारोबार दिन भने नेप्से लगातार बढेको थियो ।

आज नेप्सेमा कुल ६ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार भने नेप्सेमा ४ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

शुक्रबार कारोबारमा आएकामध्ये १५२ कम्पनीको सेयर मूल्य बढ्दा १०९ कम्पनीको घटेको छ । यस्तै, १५ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ पुस्तालाई सामाजिक सञ्जालको 'अफिम' खुवाएर लठ्ठ पारियो- प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेपाल (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पुस्तामा वैचारिक स्कुलिङको निरन्तरता दिन नसक्दा कम्युनिस्ट आन्दोलन कमजोर भएको स्वीकार गरेका छन्। शुक्रबार पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित विचार गोष्ठीमा बोल्दै प्रचण्डले कम्युनिस्ट शक्तिहरू सरकार गठन र सत्ता समीकरणको रणनीतिमा मात्र अल्मलिँदा ठूलो गल्ती भएको

    Data is loading...

    Loading brands...

    Loading footer...