‘वामपन्थी दलले विगतका नीति र व्यवहारको समीक्षा गर्नुपर्छ’- माधव नेपाल

Author

सजिलो पत्रिका

२०८३ साउन ०८, शुक्रबार

16
Share1
Featured
  • पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि राजनीतिक विकृति–विसंगतिबाट अछुतो नरहेको भन्दै आत्मसमीक्षाको आवश्यकता औँल्याएका छन्।
  • उनले अरूलाई मात्र दोष नदिई नीति, व्यवहार, जनसम्पर्क र कार्यशैलीको समीक्षा गर्नुपर्ने बताएका छन्।
  • विदेशी दबाबमा नझुकी राष्ट्रहितलाई केन्द्रमा राखेर सही नीति अपनाए मात्र कम्युनिस्ट आन्दोलन सुदृढ हुने उनको भनाइ छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले मुलुकको राजनीतिमा देखिएका विकृति विसंगतिबाट वामपन्थी दलहरू समेत अछुतो रहन नसकेको बताएका छन्। शुक्रबार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा काठमाडौंमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्।

वामपन्थी शक्तिहरूले आफ्नै विगतको भूमिका, नीति र व्यवहारको गम्भीर आत्मसमीक्षा नगरिकन कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन नसकिने उनको भनाइ छ।

उनले मुलुकको राजनीति बिग्रनुमा अरूलाई दोषारोपण गरेर मात्र नपुग्ने भन्दै उनले आफूहरूले अपनाएका नीति, गतिविधि, व्यवहार, र जनसम्पर्कका कमजोरीहरूको समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए। 

सहसंयोजक नेपालले शासन सत्तामा पुगेपछि विदेशी शक्तिसामु झुक्नैपर्ने वामपन्थी दलहरूको नीति अनउपयुक्त रहेको टिप्पणी गरे। सहसंयोजक नेपालले विदेशीलाई खुसी पार्नकै लागि राष्ट्रहित विपरीतका विषय समेत स्वीकार गरिएको उनको तर्क छ।

उनले भने, ‘नेपालको राजनीतिमा रहेका विकृति विसंगतिहरूबाट वामपन्थीहरू पनि मुक्त छैनन्। वामपन्थीहरूले पनि आफ्नो भूमिका विगतमा खेलेको भूमिकाको आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता रहेको छ। कहाँ हामी चुक्यौँ? अरूलाई आरोप मात्र लगाएर पुग्दैन। हाम्रा सोचहरूमा, नीतिहरूमा, गतिविधिहरूमा, व्यवहारहरूमा, जीवनशैलीहरूमा, हाम्रो जनसम्पर्कहरूमा कहाँ–कहाँ त्रुटिहरू रहे यी सबै कुरामा पनि आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता छ। त्यसो भएको हुनाले  सबैभन्दा पहिले हामी खुला मनले बसेर छलफल गरौँ। हामीले विभिन्न कालखण्डमा अंगालेका नीतिहरूको पनि समीक्षा गर्न जरूरी छ। शासन सत्तामा जाने बित्तिकै विदेशीका सामु झुक्नै पर्छ भन्ने हुँदैन आवश्यक छैन। दृढताका साथ आफ्नो आवाज बुलन्द गर्न सकिन्छ। आवाज बुलन्द गर्ने बित्तिकै युद्ध नै भइहाल्दैन।’
उनले अगाडि  भने, ‘आफ्नो देशको हितको कुरा राख्ने बित्तिकै सम्बन्ध टुटिहाल्ने अवस्था हुँदैन। अन्तर्राष्ट्रिय सम्बन्ध कसरी प्रभावकारी बनाउने भन्ने विषयमा संसारमा धेरै अनुभवहरूबाट सिकेर अगाडि बढ्न सकिन्छ।  तर हामी अनावश्यक रूपमा विदेशीहरूलाई खुसी पार्ने काममा पनि लाग्न पुगेका छौँ। फलस्वरूप कतिपय गलत कुराहरूलाई पनि हामीले स्वीकार गर्ने काम गरेका छौँ।  त्यस हुनाले हामीले विदेशीहरूको स्वार्थलाई बुझेर त्यसबारेमा सतर्क भएर अवलम्बन गरेका राम्रा कामहरूलाई राम्रो भन्न सक्नुपर्ने अवस्था रहेको छ। यस अर्थमा धेरै अतिवादी हुने कुरा पनि होइन। अर्कोतर्फत घुँडा टेक्ने र आत्मसमर्पणवादी पनि बन्ने होइन। सही नीति र दृष्टिकोण बोकेर देश र जनताको हितलाई केन्द्रबिन्दुरमा राखेर अगाडि बढ्नसक्यौँ भने मात्रै वास्तवमा कम्युनिस्ट आन्दोलाई नयाँ उचाइमा पुर्‍याउन सकिन्छ।’

उनले अतिवाद र आत्मसमर्पणवादी दुवै प्रवृत्तिबाट त्यागेर देश र जनतालाई केन्द्रमा राखेर कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउनुपर्ने बताए।

यो समाचारमा

माधवकुमार नेपालनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ पुस्तालाई सामाजिक सञ्जालको 'अफिम' खुवाएर लठ्ठ पारियो- प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेपाल (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पुस्तामा वैचारिक स्कुलिङको निरन्तरता दिन नसक्दा कम्युनिस्ट आन्दोलन कमजोर भएको स्वीकार गरेका छन्। शुक्रबार पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित विचार गोष्ठीमा बोल्दै प्रचण्डले कम्युनिस्ट शक्तिहरू सरकार गठन र सत्ता समीकरणको रणनीतिमा मात्र अल्मलिँदा ठूलो गल्ती भएको

    Data is loading...

    Loading brands...

    Loading footer...