शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ - शिक्षामन्त्री पोखरेल

Author

सजिलो पत्रिका

२०८३ साउन ०८, शुक्रबार

18
Share1
Featured
  • शिक्षामन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका लागि तोकिएको २५ लाख रुपैयाँ धरौटीको व्यवस्था फिर्ता नहुने बताएका छन्।
  • साताको दुई दिन बिदा सम्बन्धी सरकारी निर्णयमा पनि कुनै पुनर्विचार नहुने उनले स्पष्ट पारे।
  • डा. गोविन्द केसीसँग संवाद जारी रहेको र आगामी शिक्षा सम्बन्धी कानुन बनाउँदा सरोकारवालासँग पूर्वपरामर्श गरिने प्रतिबद्धता जनाए।
समाचार सारांशGenerated using AI.

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका लागि निर्धारण गरिएको २५ लाख रुपैयाँ धरौटीको व्यवस्थाबाट सरकार पछि नहट्ने स्पष्ट पारेका छन्। शुक्रबार मन्त्रालयमा पत्रकारहरूसँगको छलफलमा मन्त्री पोखरेलले 'शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली २०८३' मार्फत गरिएको यो व्यवस्था व्यवसायीहरूकै सुझावमा आधारित रहेकाले फिर्ता नहुने बताए।

सरकारका प्रवक्तासमेत रहेका पोखरेलले शैक्षिक संस्था र सरकारी कार्यालयमा लागू गरिएको साताको दुई दिन बिदाको निर्णयमा पनि कुनै पुनर्विचार नहुने जानकारी दिए। उनले विश्वविद्यालयहरूलाई दलीय प्रभावमुक्त र स्वायत्त बनाउन नवनयिुक्त उपकुलपतिहरूलाई आफ्नो सोचपत्रसहित अघि बढ्न आग्रह गरे।

यस्तै, मन्त्री पोखरेलले चिकित्सक डा. गोविन्द केसीको अभियानप्रति आफ्नो ऐक्यबद्धता रहेको र उनीसँग अनौपचारिक संवाद भइरहेको बताए। आगामी दिनमा विद्यालय शिक्षा ऐन जस्ता महत्त्वपूर्ण कानुन निर्माण गर्दा सरोकारवाला पक्षसँग पूर्वपरामर्श गरिने उनको प्रतिबद्धता छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ पुस्तालाई सामाजिक सञ्जालको 'अफिम' खुवाएर लठ्ठ पारियो- प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेपाल (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पुस्तामा वैचारिक स्कुलिङको निरन्तरता दिन नसक्दा कम्युनिस्ट आन्दोलन कमजोर भएको स्वीकार गरेका छन्। शुक्रबार पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित विचार गोष्ठीमा बोल्दै प्रचण्डले कम्युनिस्ट शक्तिहरू सरकार गठन र सत्ता समीकरणको रणनीतिमा मात्र अल्मलिँदा ठूलो गल्ती भएको

    Data is loading...

    Loading brands...

    Loading footer...