नातावाद त्यागेर प्रविधिमैत्री स्वकीय सचिव छान्न रास्वपाको निर्देशन

Author

सजिलो पत्रिका

२०८३ साउन ०८, शुक्रबार

12
Share1
Featured
  • रास्वपाले सांसदहरूलाई नातावाद र परिवारवादभन्दा बाहिर रहेर मात्र स्वकीय सचिव नियुक्त गर्न निर्देशन दिएको छ।
  • स्वकीय सचिव छनोटमा योग्यता, पारदर्शिता, समावेशिता र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरिएको छ।
  • नियुक्तिअघि रास्वपा संसदीय दलको अन्तिम स्वीकृति अनिवार्य हुने र उच्च नैतिक आचरण पालना गर्न सांसदहरूलाई निर्देशन दिइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सङ्घीय सांसदहरूका लागि स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनसम्बन्धी कडा आन्तरिक निर्देशन जारी गरेको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी निर्देशनअनुसार अब सांसदहरूले नातावाद र परिवारवादभन्दा बाहिर रहेर मात्र स्वकीय सचिव नियुक्त गर्नुपर्नेछ।

राज्यकोषबाट प्राप्त हुने सुविधाको सदुपयोग र पारदर्शिता सुनिश्चित गर्न रास्वपाले प्रविधिमैत्री, अनुसन्धानमा पोख्त र पार्टीको मूल्य–मान्यताप्रति निष्ठावान् व्यक्तिलाई प्राथमिकता दिन भनेको छ। स्वकीय सचिव छनोट गर्दा समावेशीतालाई ध्यान दिनुपर्ने, कुनै पनि स्वार्थ बाझिन नहुने र छनोट प्रक्रिया प्रतिस्पर्धात्मक हुनुपर्ने निर्देशनमा उल्लेख छ।

यस्तै, सांसदले योग्य उम्मेदवार छनोट गरेपछि नियुक्तिका लागि रास्वपा संसदीय दलबाट अनिवार्य रूपमा अन्तिम स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ। पार्टीले आफ्ना सांसदहरूलाई उच्च नैतिक आचरण र जनउत्तरदायित्व प्रस्तुत गर्न समेत सचेत गराएको छ। यस कदमले स्वकीय सचिव नियुक्ति प्रक्रियालाई थप पारदर्शी र जनउत्तरदायी बनाउने रास्वपाको विश्वास छ।


यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ पुस्तालाई सामाजिक सञ्जालको 'अफिम' खुवाएर लठ्ठ पारियो- प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेपाल (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पुस्तामा वैचारिक स्कुलिङको निरन्तरता दिन नसक्दा कम्युनिस्ट आन्दोलन कमजोर भएको स्वीकार गरेका छन्। शुक्रबार पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित विचार गोष्ठीमा बोल्दै प्रचण्डले कम्युनिस्ट शक्तिहरू सरकार गठन र सत्ता समीकरणको रणनीतिमा मात्र अल्मलिँदा ठूलो गल्ती भएको

    Data is loading...

    Loading brands...

    Loading footer...