कन्सल्टेन्सी व्यवसायलाई व्यवस्थित बनाउन मन्त्रालयको पहल

Author

सजिलो पत्रिका

२०८३ साउन ०७, बिहिबार

58
Share1
Featured
  • शिक्षा मन्त्रालयले आज एजुकेसन कन्सल्टेन्सी क्षेत्रका समस्या, चुनौती र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दैछ।
  • इक्यान, फेकन, एइक्यान लगायतका संस्थाका प्रतिनिधिहरू सहभागी भई नयाँ नियमावली २०८३ र सेवा सुधारबारे सुझाव दिनेछन्।
  • छलफलको उद्देश्य कन्सल्टेन्सी व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउनु हो।
समाचार सारांशGenerated using AI.

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका समस्या, चुनौती र नीतिगत सुधारका विषयमा आज सरोकारवालाहरूसँग छलफल गर्दैछ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलको उपस्थितिमा मन्त्रालयमा हुने यस छलफलमा इक्यान, फेकन, एइक्यान लगायतका विभिन्न व्यवसायीक संघ–संस्थाका प्रतिनिधिहरू सहभागी हुनेछन्।

मन्त्रालयका अनुसार कन्सल्टेन्सी व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। छलफलमा 'शैक्षिक परामर्श, भाषा, शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३' का प्रावधानहरू र गुणस्तरीय सेवा प्रवर्द्धनका लागि आवश्यक नीतिगत सुधारबारे सरोकारवालाको सुझाव संकलन गरिनेछ। शिक्षामन्त्री पोखरेलले पछिल्लो समय शिक्षा क्षेत्रका समस्या समाधानका लागि निजी क्षेत्र र सरोकारवालासँग निरन्तर संवादलाई प्राथमिकता दिँदै आएका छन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नेपाल माइक्रो इन्स्योरेन्सका तत्कालीन सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

    काठमाडौं ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाललाई पक्राउ गरेको छ। बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ को कसुर अन्तर्गत दिपक भट्टसँग जोडिएको मुद्दामा उनलाई बिहीबार काठमाडौंको सिफलबाट नियन्त्रणमा लिइएको हो।गत जेठ २८ गते जिल्ला अदालत काठमाडौंमा

    Data is loading...

    Loading brands...

    Loading footer...