पटनामा विद्यार्थी प्रदर्शनमा प्रहरीको हस्तक्षेप, झडपका क्रममा सञ्चारकर्मी घाइते

Author

सजिलो पत्रिका

२०८३ साउन ०६, बुधबार

1
Share
Featured
  • पटनामा विद्यार्थी आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।
  • भीड नियन्त्रणका लागि प्रहरीले वाटर क्यानन र अश्रुग्यास प्रयोग गरेको छ।
  • झडपका क्रममा केही सञ्चारकर्मी घाइते भएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा जारी विद्यार्थी आन्दोलनको समर्थनमा बुधबार बिहारको राजधानी पटनामा विशाल प्रदर्शन भएको छ। अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (आइसा) को आह्वानमा भएको उक्त प्रदर्शनका क्रममा प्रहरी र विद्यार्थीबीच झडप भएको हो।

गान्धी मैदानबाट राजभवनतर्फ अघि बढेको विद्यार्थीहरूको मार्चलाई प्रहरीले जेपी गोलम्बरमा रोक्न खोजेपछि स्थिति तनावपूर्ण बनेको थियो। प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा (वाटर क्यानन) र अश्रुग्यासका गोला प्रहार गरेको थियो। यस क्रममा प्रदर्शनकारीहरूले पनि प्रहरीमाथि ढुङ्गामुढा गरेको आरोप लागेको छ।

प्रहरीको कडा अवरोधका बाबजुद विद्यार्थीहरू डाक बंगला चौराहासम्म पुगेर नाराबाजी गरेका थिए। प्रदर्शनकारीहरूले ‘गोदी मिडिया गो ब्याक’ का नारा लगाएका थिए। झडपका क्रममा समाचार संकलनमा खटिएका केही सञ्चारकर्मीहरू समेत घाइते भएका छन्। घाइते सञ्चारकर्मीहरूलाई स्थानीयको मध्यस्थतामा भीडबाट बाहिर निकालिएको थियो। प्रदर्शनमा आइसाका अतिरिक्त अन्य विद्यार्थी सङ्गठनहरूको पनि सहभागिता रहेको थियो।

यो समाचारमा

नयाँ दिल्लीभारत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    काठमाडौँ महानगरले महेन्द्र भवन माध्यमिक आवासीय विद्यालयलाई ‘नमूना विद्यालय’ बनाउने

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले महेन्द्र भवन माध्यमिक आवासीय विद्यालयलाई ‘नमूना विद्यालय’ बनाउने भएको छ । विद्यालयलाई महानगरको नमूना विद्यालयका रूपमा विकास गर्ने उद्देश्यले बुधबार काठमाडौँ महानगरपालिका र महेन्द्र भवन सार्वजनिक शैक्षिक गुठीबिच सम्झौता भएको हो ।सम्झौतामा महेन्द्र भवन सार्वजनिक शैक्षिक गुठीका तर्फबाट अध्यक्ष प्रा. डा. प्रमिला राई र काठमाडौँ महानगरपालिकाका

    Data is loading...

    Loading brands...

    Loading footer...