समितिले थाल्यो कानुन कार्यान्वयन अवस्थाको अध्ययन

Author

सजिलो पत्रिका

२०८३ साउन ०६, बुधबार

5
Share
Featured
  • राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिले विभिन्न ऐन कार्यान्वयनको अध्ययन सुरु गरेको छ।
  • डा. अञ्जान शाक्यको संयोजकत्वमा उपसमिति गठन गरी अध्ययन अघि बढाइएको छ।
  • उपसमितिले ३० दिनभित्र प्रतिवेदन पेश गर्दै सुधारका लागि सिफारिस गर्नेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिले हाल कार्यान्वयनमा रहेका विभिन्न ऐन (कानुन)को कार्यान्वयन अवस्थाको अध्ययन सुरु गरेको छ । समितिद्वारा गठित ‘ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमिति’ले संघीय विभिन्न ऐन कार्यान्वयन अवस्थाबारे अध्ययन थालेको हो ।

समितिले त्यसका लागि सांसद डा. अञ्जान शाक्यको संयोजकत्वमा सांसद खम्बहादुर खाती, झक्कुप्रसाद सुवेदी, कृष्णप्रसाद सिटौला, राजेन्द्रलक्ष्मी गैह्रे, रामकुमारी झाँक्री र विष्णुदेवी पुडासैनी सदस्य रहेको उपसमिति गठन गरेको थियो ।

समितिका सभापति कृष्णबहादुर रोकायको सभापतित्वमा यही साउन ४ गतेको बैठकले उक्त उपसमिति गठन गरेको थियो । उपसमितिका संयोजक डा. शाक्यले समितिबाट प्राप्त जिम्मेवारीअनुसार उपसमितिको पहिलो बैठक भई कार्यविधि तर्जुमासहित अध्ययनको काम आरम्भ गरिएको बताउनुभयो ।

उपसमितिलाई नेपालमा हाल कार्यान्वयनमा रहेका कानुन अध्ययन गरी ऐन कार्यान्वयन मापन गर्न उपयुक्त ऐन वा ऐनका कुनै दफा वा कुनै व्यवस्था प्राथमिकतासहित सिफारिस गर्न कार्यक्षेत्र तोकिएको छ ।

यस्तै, ऐन कार्यान्वयन मापनका सम्बन्धमा कम्तीमा तीन वटा मुलुकको अभ्यास अध्ययन गर्न, आवश्यकताअनुसार सम्बधित सरोकारवालासँग छलफल गर्न र ३० दिनभित्र समितिसमक्ष प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको समितिका सभापति रोकायले जानकारी दिए ।

समितिले विधायिकी अन्तरसम्बन्ध अध्ययन गरी सिफारिस गर्न सांसद सुरेश आलेमगरको संयोजकत्वमा बेग्लै उपसमिति पनि गठन गरेको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    काठमाडौँ महानगरले महेन्द्र भवन माध्यमिक आवासीय विद्यालयलाई ‘नमूना विद्यालय’ बनाउने

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले महेन्द्र भवन माध्यमिक आवासीय विद्यालयलाई ‘नमूना विद्यालय’ बनाउने भएको छ । विद्यालयलाई महानगरको नमूना विद्यालयका रूपमा विकास गर्ने उद्देश्यले बुधबार काठमाडौँ महानगरपालिका र महेन्द्र भवन सार्वजनिक शैक्षिक गुठीबिच सम्झौता भएको हो ।सम्झौतामा महेन्द्र भवन सार्वजनिक शैक्षिक गुठीका तर्फबाट अध्यक्ष प्रा. डा. प्रमिला राई र काठमाडौँ महानगरपालिकाका

    Data is loading...

    Loading brands...

    Loading footer...