काठमाडौं । धितोपत्र
बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका
अनुसार नेप्से परिसूचक २६.२९ अंकले
ओरालो लागेर २६२७.११ मा सीमित भएको छ ।
ठूला कम्पनीको कारोबार
मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५३
अंकले ओरालो लागेर ४५६.२७ मा पुगेको छ ।
कूल ३५६ कम्पनीको ७५
लाख ४० हजार ४१८ कित्ता सेयर तीन अर्ब ५५ करोड ७९ लाख ८१ हजार ४९८ मूल्यमा खरिद
बिक्री भएको छ ।
नेप्सेका अनुसार नेपाल
इन्भेस्टमेन्ट बैंकको ऋणपत्र-२०८४,
सेन्ट्रल फाइनान्स, एनआरएन इन्फास्ट्रक्चर
एण्ड डेभलपमेन्ट, आँखु खोला जलविद्युत कम्पनी र ग्लोबल आइएमई
बैंकको डिवेञ्चर कारोबारका आधारमा शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
यस्तै, स्नो रिभर लिमिटेड, सानिगाड
हाइड्रो, कालङ्गा हाइड्रो, कर्पोरेट
डेभलपमेन्ट बैंक र एसबिएल डिवेञ्चरका लगानीकर्ताले कमाएका छन् ।
यस्तै, थ्री स्टार हाइड्रोपावर, नेपाल फाइनान्स, खानीखोला हाइड्रोपावर, एनआइबिएल स्टेवल फण्ड र उपकार लघुवित्तका लगानीकर्ताले भने गुमाएका छन् ।