शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता - भीष्मराज आङदेम्बे

Author

सजिलो पत्रिका

२०८३ असार १६, मङ्गलबार

7
Share
Featured
  • भीष्मराज आङदेम्बेले शासकीय स्वरूप र संघीयतामाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताए।
  • वर्तमान व्यवस्था जनताको लामो संघर्ष र बलिदानको उपलब्धि भएकाले आवेगमा परिवर्तन गर्न नहुने धारणा राखे।
  • संघीयताको प्रभावकारी कार्यान्वयन र संसद् दिवसलाई प्रतिबद्धताको अवसरका रूपमा मनाउन आग्रह गरे।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ ।

नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूप र संघीयतामाथि प्रश्न उठाउनुलाई 'राजनीतिक अपरिपक्वता' को संज्ञा दिएका छन्। ६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेतृत्वको आफ्नै अकर्मण्यता र सोचको कमीलाई ढाकछोप गर्न व्यवस्थामाथि दोष थोपर्ने गरिएको टिप्पणी गरे।

आङदेम्बेले सात प्रदेश र तीन तहको सरकारसहितको वर्तमान संरचना नेपाली जनताको लामो सङ्घर्ष र बलिदानीको ऐतिहासिक निष्कर्ष भएको बताए। उनले कुनै लहर, आवेग वा उत्तेजनाका भरमा यो व्यवस्थालाई अनिर्णयको बन्दी बनाउन नहुने चेतावनी दिँदै भने, "हाम्रो आफ्नै कमजोरीको दोष शासकीय स्वरूपलाई दिनु गलत हो, पर्याप्त अभ्यास नै नगरी प्रश्न उठाउनुले संशय मात्र पैदा गर्छ।"

उनले संघीयतालाई जनताले वास्तविक अनुभूति गर्ने गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। संसद् दिवसलाई केवल औपचारिक उत्सवका रूपमा मात्र नलिन आग्रह गर्दै उनले यसलाई देश र जनताप्रतिको दृढ प्रतिबद्धता र सङ्कल्पका रूपमा मनाउन सबै राजनीतिक दलहरूलाई आह्वान गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सांसदहरूलाई व्यवहार र पोशाकमा ध्यान दिन मन्त्री गौतमको आग्रह

    काठमाडाैँ ।कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसदको गरिमा र औचित्य कायम राख्न सांसदहरूले आफ्नो व्यवहार, भाषा र पोशाकमा विशेष ध्यान दिनुपर्ने बताएकी छिन्। ६८ औँ संसद दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले संसदलाई जनताको सर्वोच्च संस्थाका रूपमा स्थापित गर्न सांसदहरू स्वयं मर्यादित हुनुपर्नेमा जोड दिइन्।मन्त्री गौतमले

    Data is loading...

    Loading brands...

    Loading footer...