मदन भण्डारीको 'जबज' ले कम्युनिष्ट आन्दोलनलाई जीवन्त राख्यो - प्रचण्ड

Author

सजिलो पत्रिका

२०८३ असार १४, आइतबार

5
Share
Featured
  • नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले 'जनताको बहुदलीय जनवाद (जबज)' ले नेपाली कम्युनिष्ट आन्दोलनलाई जीवन्त राख्न ऐतिहासिक भूमिका खेलेको बताए।
  • २०७४ को एमाले–माओवादी एकताको स्मरण गर्दै वर्तमान सहकार्यलाई अर्थपूर्ण बताए।
  • समयअनुसार विचार र कार्यदिशा परिवर्तन गर्नुपर्ने भन्दै कुनै पनि नीति स्थायी सत्य नहुने धारणा राखे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जननेता मदन भण्डारीले अघि सारेको ‘जनताको बहुदलीय जनवाद’ (जबज) ले नेपाली कम्युनिष्ट आन्दोलनलाई जीवन्त राख्न ऐतिहासिक भूमिका खेलेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहमा बोल्दै उनले सोभियत संघको विघटन र विश्वव्यापी रूपमा समाजवादमाथि संकट आएको कठिन समयमा 'जबज' ले नेपालमा कम्युनिष्ट आन्दोलन जोगाएको उल्लेख गरे।

प्रचण्डले वि.सं. २०७४ को निर्वाचनअघि तत्कालीन एमाले र माओवादी केन्द्रबीचको कार्यगत एकता र पार्टी एकताको घोषणा सोही हलबाट भएको स्मरण गर्दै अहिले पनि दुवै पक्षका नेताहरू एउटै मञ्चमा हुनुलाई अर्थपूर्ण बताए। उनले माक्र्सवादी दर्शनअनुसार कुनै पनि विचार वा नीति सर्वकालिक नहुने भन्दै समयको मागअनुसार सिद्धान्त र कार्यदिशाको विकास गर्नुपर्नेमा जोड दिए।

"ठोस वस्तुको ठोस विश्लेषण नै माक्र्सवादको जीवित आत्मा हो, सबै सत्यहरू सापेक्षिक हुन्छन्," प्रचण्डले भने, "इतिहासलाई समय र परिस्थितिको सन्दर्भमा मूल्याङ्कन गर्नुपर्छ, कुनै पनि नीतिलाई स्थायी सत्यका रूपमा लिनु हुँदैन।" उनले परिवर्तनलाई नै स्थायी सत्यका रूपमा स्वीकार गर्दै अघि बढ्नुपर्ने धारणा राखे।

यो समाचारमा

नेपाली कम्युनिष्ट पार्टीमदन भण्डारीकाठमाडौँपुष्पकमल दाहाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

    काठमाडौँ।प्रतिनिधि सभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राख्नुभएको सो ‘विधेयकलाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।उक्त विधेयकमाथिको दफावार छलफमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले ऋण लिएर उत्पादनमूलक आयोजनामा खर्च गरिने बताउनुभयो । “विदेशी ऋण पूर्वाधार

    Data is loading...

    Loading brands...

    Loading footer...