सुनचाँदी व्यवसायीद्वारा रूपान्तरण सम्मेलन आयोजना

Author

सजिलो पत्रिका

२०८३ असार १४, आइतबार

1
Share
Featured

काठमाडौं । काठमाडौं सुनचाँदी व्यवसायी संघले ‘रूपान्तरण सम्मेलन २०८३’ आयोजना गरेको छ । सुनचाँदी व्यवसायलाई आधुनिक, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ ३५० भन्दा बढी व्यवसायीको सहभागितामा काठमाडौंमा शनिबार सम्मेलन आयोजना गरिएको हो ।

संघले सदस्य व्यवसायीहरूको व्यावसायिक ज्ञान तथा दक्षता अभिवृद्धि गर्ने लक्ष्यसहित ‘व्यवसायलाई प्रविधि र नवप्रवर्तनमार्फत सशक्त बनाऔं, सिकाऔं, अपनाऔं, बढाऔं’ भन्ने नाराका साथ सम्मेलन आयोजना गरिएको जनाएको छ ।

कार्यक्रममा लक्जरी शुल्क, भ्याट तथा सीप प्रबन्ध शुल्कसम्बन्धी वर्तमान अवस्था, व्यवसायमैत्री हिसाब-किताब तथा स्टक व्यवस्थापनका व्यावहारिक पक्ष, कर र व्यवसाय व्यवस्थापनसम्बन्धी जिज्ञासाको समाधानबारे जानकारी गराइएको छ ।

त्यस्तै, ई-बिलिङ सफ्टवेयरको डेमो प्रस्तुति तथा डिजिटल मार्केटिङबारे पनि सदस्यहरुलाई अवगत गराइएको संघका सचिव लेखरत्न शाक्यले जानकारी दिए । कार्यक्रममा सुन खरिद-बिक्री एप निःशुल्क वितरण गरिएको छ ।

संघकी अध्यक्ष रोहिनादेवी शाक्यले सुन व्यवसायीले अब परम्परागत शैलीभन्दा माथि उठेर सुनचाँदी व्यवसाय गर्नुपर्ने बताइन् । 'अब सुनचाँदी व्यवसायीले पनि मार्केटिङ शैली बदल्नुपर्छ,' उनले भनिन्, 'समय धेरै परिवर्तन भइसकेकाले सुनचाँदी व्यवसायी पनि त्यसै अनुसार रुपान्तरण भएर अघि बढ्न जरुरी छ ।' परम्परागत व्यापारिक शैलीभन्दा एआई र डिजिटल मार्केटिङ अबको आवश्यकता भएको धारणा उनले राखिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    एमएडब्लुले ल्यायो बालकुमारीमा अत्याधुनिक इभी वर्कसप सञ्चालनमा

    काठमाडौँ । नेपालका लागि दिपल, नामी र सेरेस इभीको आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धिले ललितपुरको बालकुमारीमा नयाँ अत्याधुनिक इभी वर्कसप सञ्चालनमा ल्याएको छ। एमएडब्लु ग्रुपकी अध्यक्ष शान्ति देवी अग्रवाल, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया र डोङफेङ मोटर्सका प्रतिनिधिहरूले संयुक्त रूपमा वर्कसपको उद्घाटन गरेका हुन्।१५ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको

    Data is loading...

    Loading brands...

    Loading footer...