प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

Author

सजिलो पत्रिका

२०८३ असार १४, आइतबार

5
Share
Featured
  • प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ सर्वसम्मतिले पारित भयो।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ऋण उत्पादनमूलक र पूर्वाधार आयोजनामा खर्च गरिने बताए।
  • विधेयकमाथिका दुई संशोधन प्रस्ताव अस्वीकृत भए भने एक प्रस्ताव फिर्ता लिइयो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रतिनिधि सभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राख्नुभएको सो ‘विधेयकलाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।

उक्त विधेयकमाथिको दफावार छलफमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले ऋण लिएर उत्पादनमूलक आयोजनामा खर्च गरिने बताउनुभयो । “विदेशी ऋण पूर्वाधार आयोजनाका लागि तोकिएर आउँछन्, ती आयोजनाले अर्थतन्त्रका गतिविधिलाई चुस्त बनाउने, दूरी छोट्याउने र लागत घटाउने काम गरेको हुन्छन्”, उहाँले भन्नुभयो, “तर, ऋण लिएर निर्माण गरिएको दुई वटा अन्तरराष्ट्रिय विमानस्थलको अवस्थाले फरक परिदृश्य देखाएको छ, हामीले निगरानी गर्नै पर्छ ।”

त्यसअघि बैठकमा सभामुख डोलप्रसाद अर्यालले विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । सांसद परशुराम तामाङ र रेखाकुमारी यादवले राख्नुभएको संशोधन प्रस्ताव बैठकले अस्वीकृत गरेको थियो भने सांसद हरिप्रसाद भुसालले आफ्नो संशोधन फिर्ता लिनुभयो । प्रतिनिधिसभाको बैठक आजै १५ मिनेटपछि बस्नेछ 

यो समाचारमा

प्रतिनिधि सभास्वर्णिम वाग्लेकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मदन भण्डारीको 'जबज' ले कम्युनिष्ट आन्दोलनलाई जीवन्त राख्यो - प्रचण्ड

    काठमाडौँ।नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जननेता मदन भण्डारीले अघि सारेको ‘जनताको बहुदलीय जनवाद’ (जबज) ले नेपाली कम्युनिष्ट आन्दोलनलाई जीवन्त राख्न ऐतिहासिक भूमिका खेलेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहमा बोल्दै उनले सोभियत संघको विघटन र विश्वव्यापी रूपमा समाजवादमाथि संकट आएको कठिन समयमा

    Data is loading...

    Loading brands...

    Loading footer...