सांसदहरूलाई व्यवहार र पोशाकमा ध्यान दिन मन्त्री गौतमको आग्रह

Author

सजिलो पत्रिका

२०८३ असार १६, मङ्गलबार

3
Share
Featured
  • कानूनमन्त्री सोविता गौतमले सांसदलाई व्यवहार, भाषा र पोशाकमा मर्यादित हुन आग्रह गरिन्।
  • संसदको समय जनसरोकारका विषयमा बढी खर्चिनुपर्ने र प्रक्रियागत अल्झन कम गर्नुपर्ने बताइन्।
  • संसदको गरिमा र गुणस्तर सुधारका लागि आफू शतप्रतिशत प्रतिबद्ध रहने बताइन्।
समाचार सारांशGenerated using AI.

काठमाडाैँ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसदको गरिमा र औचित्य कायम राख्न सांसदहरूले आफ्नो व्यवहार, भाषा र पोशाकमा विशेष ध्यान दिनुपर्ने बताएकी छिन्। ६८ औँ संसद दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले संसदलाई जनताको सर्वोच्च संस्थाका रूपमा स्थापित गर्न सांसदहरू स्वयं मर्यादित हुनुपर्नेमा जोड दिइन्।

मन्त्री गौतमले संसदको गुणस्तर खस्किँदै गएको जनगुनासोप्रति आत्मसमीक्षा गर्नुपर्ने बताउँदै सदनको समय प्रक्रियागत अल्झनमा भन्दा जनसरोकारका विषयमा बढी खर्चिनुपर्ने तर्क गरिन्। "जनताले तिरेको करबाट संसद चल्ने भएकाले सांसदले प्राप्त गरेको एक मिनेटको समय पनि अर्थपूर्ण हुनुपर्छ," उनले भनिन्।

संसदीय अभ्यासलाई उपलब्धिमूलक बनाउन आचरणमा सुधार ल्याउनुपर्ने उल्लेख गर्दै उनले संसदको मर्यादा कायम राख्न आफू व्यक्तिगत रूपमा शतप्रतिशत प्रयत्नशील रहने प्रतिवद्धता समेत व्यक्त गरिन्। उनले प्राविधिक विषयहरूलाई कार्यव्यवस्था परामर्श समितिबाट टुङ्ग्याएर सदनमा गम्भीर बहस गर्नुपर्नेमा जोड दिइन्।

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता - भीष्मराज आङदेम्बे

     काठमाडौँ ।नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूप र संघीयतामाथि प्रश्न उठाउनुलाई 'राजनीतिक अपरिपक्वता' को संज्ञा दिएका छन्। ६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेतृत्वको आफ्नै अकर्मण्यता र सोचको कमीलाई ढाकछोप गर्न व्यवस्थामाथि दोष थोपर्ने गरिएको टिप्पणी गरे।आङदेम्बेले सात प्रदेश र तीन

    Data is loading...

    Loading brands...

    Loading footer...